नेभिगेशन
समाज

२४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन कर्मचारीलाई विद्यालय कर्मचारी परिषदको निर्देशन

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन निर्देशन दिएको छ । परिषद्ले मंगलबार एक पत्र सार्वजनिक गर्दै परिषदले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई विद्यालय बन्द गरेर काठमाडौँमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएका हुन् । 

परिषदले काठमाडौँमा आन्दोलन भइरहेको समयमा बिद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको भन्दै २४ घण्टाभित्र चाबी लिएर काठमाडौँ आउन निर्देशन दिएको हो । 

Dish Home
Global Ime Bank

पत्रमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समयमा विद्यालय कर्मचारीहरुलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौंमा जारी आन्दोलनमा अनिवार्यरूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ ।’

विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् ।उनीहरु विद्यालय ऐन जारी नभएसम्म कुनैपनि हालतमा विद्यालय नफर्किने अडान कसिरहेका छन् । 

सोही बिचमा सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएरै भए पनि गर्ने बताएको छ । तर निजामती कर्मचारीले आफूहरु परिक्षामा सामेल नहुने बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसिला शिक्षकहरु ! 

रसिला शिक्षकहरु ! 

शिक्षकहरु २१ दिनदेखि सडकमा छन् । सुरुवातदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरुले आज पनि निरन्तरता दिएका छन् । उनीहरु कोही जादु देखाईरहेका छन्, कोही मादल बजाईरहेका छन्,...
कक्षा १२ को परीक्षा नसर्ने 

कक्षा १२ को परीक्षा नसर्ने 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने ‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै...
भर्खरै