नेभिगेशन
समाज

कक्षा १२ को परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्की आउन थाल्योः शिक्षक महासंघ

काठमाडौँ : नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा केन्द्र परेको स्कुलका प्रधानाध्यापक र शिक्षकहरूलाई विभिन्न नियायबाट धम्की आउन थालेको बताएको छ । महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको बताएको छ ।

‘२०८२ वैशाख ११ गते शुरू हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’, महासंघले भनेको छ । 

CG

त्यस्तै महासंघले उक्त परीक्षामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन समेत दिएको छ। ‘विगत २१ दिनदेखि काठमाडौँमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक÷कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय परिक्षा बोर्डले आगामी बैसाख ११ गतेबाट कक्षा १२ को परिक्षा गर्ने बताएको छ । मंगलबार मात्र बोर्डले आफूहरुले जुनसुकै हालतमा भएपनि तोकिएकै समयमा बोर्ड परिक्षा गर्ने बताएको छ । 

teachers-association-1745324004.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

“लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ...
ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा...
नेपालमै बनेको (प्रदर्शनी)

नेपालमै बनेको (प्रदर्शनी)