नेभिगेशन
मुख्य समाचार

बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

काठमाडौैँ । सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था बिभागमा ध्यानाकर्षण बुझाउँदै बिभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो । बिभिन्न पक्षहरुले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धरासयी भएकाले सरकारले गम्भीर भएर यस बिषयमा बिचार गर्नुपर्ने महासंघको भनाइ छ ।

Dish Home
Global Ime Bank

माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरलगायतमाथि समस्या भएको र यात्रुहरुको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनले आफ्नो अधिकारको माग गर्दा अरुको अधिकार हनन भएको बिषयमा ख्याल गर्न अनुरोध गरे । आन्दोलनका कारण आफुहरुको अधिकार हनन भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटे बाध्य भएर आन्दोलन गर्ने उनले बताए ।

त्यस्तै महासंघले मोटर बिमा दर निर्देशिका २०७३ संशोधन, कानून बिपरित सञ्चालन भएका यातायात कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधन लगाएतका बिषयमा समेत बिभागको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कारण राजीनामा दिएको भन्दै गलत हल्ला गरिएको बताए ।
रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा

उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै  पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते...
भर्खरै