नेभिगेशन
समाज

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

नवलपरासी । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए । 

Dish Home
Global Ime Bank

अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन् । पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताए । दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो ।

त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्दथ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ । यद्यपि पानीजन्य सङ्क्रमणको जोखिमपूर्ण रुपमा नियन्त्रणमा आइसकेको...
उदयपुरमा भालुको आक्रमणबाट एक महिला घाइते

उदयपुरमा भालुको आक्रमणबाट एक महिला घाइते

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार सोमबार बिहान घाँस काट्ने क्रममा ४६ वर्षीया पंचमाया तामाङमाथि वन क्षेत्रमा भालुले आक्रमण गरेको हो । आक्रमणबाट तामाङ  ...
सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा खरिदविक्रि भएको सुनको मूल्य आज १२ सय बढेको हो । यसअघि  बिहीबार सुनको प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार...
भर्खरै