नेभिगेशन
समाज

बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । 

स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

Dish Home
Global Ime Bank

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।

शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
 कञ्चनपुरमा तोरीको भुसमा  जलिरहेको अवस्थामा  रानाको शव फेला

 कञ्चनपुरमा तोरीको भुसमा जलिरहेको अवस्थामा रानाको शव फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीका अनुसार बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान  जलेको अवस्थामा अन्दाजी ५० वर्षका रानाकाे शव फेला...
पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

 नेविसंघ पब्लिक युथ क्याम्पस एकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको एकाइ सदस्य रोहित गुरुङले तोडफोड गरेको देखिन्छ । उनीहरुले निर्वाचन भाँड्नका लागि तोडफोडमा उत्रिएको भन्दै अनेरास्ववियुले कारवाहीको माग...
मकवानपुरमा करिब ६ किलो अफिम सहित एक जना पक्राउ

मकवानपुरमा करिब ६ किलो अफिम सहित एक जना पक्राउ

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को बाबुराम तामाङ रहेका छन् । घटनाबारे थप अनुसन्धाई भईरहेको प्रहरीले जनाएको छ ।