नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीको असफलताको भारी  शिक्षामन्त्री विद्या भट्टराईलाई बोकाउन खोजीयोः पूर्व शिक्षामन्त्री खनाल

काठमाडौं । पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीको असफलताको भारी  शिक्षामन्त्री विद्या भट्टराईलाई बोकाउन खोजेको टिप्पणी गरेका छन् । 


शिक्षामन्त्री राजीनामा पछि मंगलबार बिहान सामाजिक सञ्जालमा सांसद खनालले चालकको असफलताको भारी सहचालकलाई बोकाउन खोजिएको भन्दै टिप्पणी गरेका हुन् । साथै उनले शिक्षक माग पुरा गर्न अर्थमन्त्री र प्रधानमन्त्रीलेनै सहयोग नगरेर शिक्षामन्त्रीलाई बलिको बोको बनाइएको समेत  टिप्पणी गरेका छन् । 

CG

आन्दोलनरत शिक्षकहरूको धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका नभएको र समाधान अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नभएको खनालले लेखेका छन् । उनले लेखेका छन्,'आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन्। शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ। अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना संभव नै छैन। तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा बलिको बोकोू शिक्षा मन्त्रीलाई बनाइँदै छ। प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन्। ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो'।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

“लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ...
ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा...
नेपालमै बनेको (प्रदर्शनी)

नेपालमै बनेको (प्रदर्शनी)