नेभिगेशन
मुख्य समाचार

गभर्नर नियुक्तिसम्बन्धी रिट तथा निवेदन आज पनि हेर्न भ्याइएन

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी सर्वोच्च परेका रिट तथा निवेदनमा आज पनि हेर्न नभ्याइने भएको छ । 

गभर्नरको उमेयर योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको  पूरक निवेदनमा आज पनि हेर्न नभ्याइने भएको हो । 

Dish Home
Global Ime Bank

आज न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि १३ औँ नम्बरमा पेसी तोकिएको पनि हेर्न नभ्याइनेको सूचिमा परेका छन् । 

यस अघि आइतबार पनि उक्त रिट र निवेदन हेर्न नभ्याइनेमा परेको थियो । 
 अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’  संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएपछि विषय सर्वोच्च पुगेको थियो । उक्त संशोधनविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले चैत ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब...
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...