नेभिगेशन
मुख्य समाचार

पाथीभरामा बलेरो आगलागीः  निधन भएका  र घाइतेको पहिचान

ताप्लेजुङ ।  ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ ।  

जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–१० का  १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् । 

Dish Home
Global Ime Bank

त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य उहाँका १० वर्षीय छोरा भविमय आचार्य  छन् । उहाँहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चँुडिएको तार सडकमा झरेको र उक्त तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । 

पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्युु

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए । 
आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्दथ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ । यद्यपि पानीजन्य सङ्क्रमणको जोखिमपूर्ण रुपमा नियन्त्रणमा आइसकेको...
सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा खरिदविक्रि भएको सुनको मूल्य आज १२ सय बढेको हो । यसअघि  बिहीबार सुनको प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार...
कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु

दुर्घटना मृत्युहुनेमा ट्र्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका  २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र...