नेभिगेशन
मुख्य समाचार

पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

तानसेन।  यहाँको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

    लु १ ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

CG

    गाडीमा नौ जना सवार थिए । घाइते मध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

“लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ...
ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा...
नेपालमै बनेको (प्रदर्शनी)

नेपालमै बनेको (प्रदर्शनी)