नेभिगेशन
मुख्य समाचार

प्रहरीकै परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छजना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
 
प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपा शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडाँै जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
 
प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा खरिदविक्रि भएको सुनको मूल्य आज १२ सय बढेको हो । यसअघि  बिहीबार सुनको प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार...
कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु

दुर्घटना मृत्युहुनेमा ट्र्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका  २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र...
पाथीभरामा बलेरो आगलागीः  निधन भएका  र घाइतेको पहिचान

पाथीभरामा बलेरो आगलागीः  निधन भएका  र घाइतेको पहिचान

जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो ।
हाजिर जमानीमा छुटे धवल शमशेर राणा

हाजिर जमानीमा छुटे धवल शमशेर राणा

प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा श्रीमतीको जिम्मा लगाइएको हो ।