नेभिगेशन
मुख्य समाचार

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

कास्की  । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ।

रास्वपाका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीको नेतृत्वमा नागरिक उड्यन प्राधिकरणको कार्यालय पोखरा मार्फत नागरिक उद्ययन प्राधिकरण र सार्वजनिक लेखा समितिलाई छानविनको माग गर्न ज्ञापनपत्र पठाएको हो । 

Dish Home
Global Ime Bank


पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी चर्चामा आएको भ्रष्टाचार छानबिनको विषयलाई अगाडि बढाउन र शंकाको घेरामा रहेको प्राधिकरणका विभिन्न पदाधिकारी र राजनीतिज्ञहरुलाई आवश्यक अनुसन्धान गरेर कारबाही गर्न मागपत्र गरिएको छ।

‘यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवधिका विभिन्न निर्णय प्रक्रियामा संलग्न राजनीतिक नेतृत्वहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको हुँदा तत्कालीन अवस्थाका निर्णय प्रक्रिया र कार्यान्वयनको तहमा रहेका राजनीतिक नेतृत्वहरूलाई समेत छानबिनको दायरामा ल्याउन संसदको चौथौ ठूलो दलको हैसियतमा जोडदार माग गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ।

सार्वजनिक खरिद ऐनविपरीत थप लागतमा ठेक्का स्वीकृत गरिएको, मूल सम्झौताविपरीत कर छुट दिनका लागि नयाँ सम्झौता गरिएको, रिठ्ठे डाँडा कटान, एसी जडान, रनवे, ट्याक्सी वे, बाँध तथा नाली निर्माणका क्रममा अनियमितता देखिएको सन्दर्भमा छानबिन उपसमितिको प्रतिवेदन तत्काल अघि बढाउन पनि रास्वपाले ध्यानाकर्षण गराएको छ। 

‘दोषी उपर कारबाहीको लागि आवश्यक प्रक्रिया सुरूआत गर्न माग गर्दछौं। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मकवानपुरमा करिब ६ किलो अफिम सहित एक जना पक्राउ

मकवानपुरमा करिब ६ किलो अफिम सहित एक जना पक्राउ

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को बाबुराम तामाङ रहेका छन् । घटनाबारे थप अनुसन्धाई भईरहेको प्रहरीले जनाएको छ । 
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए । 
राप्रपाका राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबाटै प्रहरी नियन्त्रणमा

राप्रपाका राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबाटै प्रहरी नियन्त्रणमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता  ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।