नेभिगेशन
समाज

नगर अस्पतालमध्ये देशभरिमै कटारी अस्पताल उत्कृष्ट

उदयपुर । स्थानीय तह अन्तर्गत रहेका देशभरीका ३३ अस्पताल मध्य कटारी अस्पताल फेरिपनि  उत्कृष्ट बनेको छ। नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड संघीय सरकार र प्रदेश सरकारको संयुक्त अनुगमन टोलीले मापन गर्दा कटारी नगर अस्पतालले १ सय अंकमा  ८८  नम्बर पाएको छ।

प्रदेश स्वास्थ निर्देशनालयले ६/६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा कटारी अस्पताल परेको हो। 

Dish Home
Global Ime Bank

३३ स्थानीय अस्पतालमध्ये कटारी अस्पताल ८८ स्कोर सहित प्रथम भए संगै यो हरियो जोनमा परेको स्वास्थ निर्देशनालय धनकुटाका एमएसएस अफिसर पशुपति खनालले जानकारी दिए।

६ महिना पहिले नेपाल सरकार  स्वास्थ क्षेत्रका जानकारहरुले मापदण्ड बमोजिम लेखाजोखा गर्दा ८३ अंक पाएको कटारी अस्पताल त्यो बेला पनि पहिलो बनेको थियो। अहिले भने ८८ अंक सहित पहिलो भएको  छ। नगर अस्पतालले दिने न्यूनतम सेवा सुधारसंगै विभिन्न सूचकहरुको माध्यमबाट गरिएको मापनमा मूल्याकंन गर्दा कटारी अस्पतालले ८८ नम्बर पाएको हो।

विगत केही वर्ष यता गुणस्तरीय सेवा दिँदै आएको कटारी अस्पतालले निरन्तर सेवा सुबिधा बढाउदै गइरहेको छ। न्यूनतम सेवा मापन गर्न  स्वास्थ निर्देशनालय धनकुटाबाट एमएसएस अफिसर पशुपति खनाल, डा. प्रशान्त शाह र जिल्ला अस्पताल उदयपुरका गाइनोलोजिस्ट तथा श्रोत व्यक्ति डाक्टर मुकेश झा सहितको अनुगमनको टोली कटारी अस्पताल आइपुगेका थिए। 

दुइ दिन भएको  कार्यक्रममा पहिलो दिन अनुगमन र दोस्रो दिन छलफल भएको हो । 

यो मापन न्यूनतम सेवा भएकोले थप सेवा दिन अनुगमन श्रोत व्यक्ति स्वास्थ निर्देशनालय धनकुटाबाट एमएसएस अफिसर पशुपति खनालले सुझाव दिएका थिए । अस्पतालले अझै सुधार गर्नु पर्ने धेरै कामहरू बाँकी नै रहेकाले आउँदा दिनमा ध्यान दिन सरोकारवाला लाई खनालले आग्रह गरेका थिए ।
अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. गौरव साहले अस्पतालमा भएका सुधार, समस्या र चुनौतीका बिषयमा प्रष्ट पारेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे। अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने नगर प्रमुख श्रेष्ठले बताए। 

विशिष्ठ अतिथि कटारी नगरपालिका उप प्रमुख गीता खड्काले सेवा लिन आउने सेवाग्राहीले अस्पतालमा सेवा लिँदा महसुस हुने गरी काम गर्न जोड दिएकी थिइन् । 

यो अस्पताल अहिले भने प्रादेशिक अस्पतालमा स्तर उन्नति भइसके पनि पूर्ण कार्यान्वयन नयाँ आर्थिक बर्ष देखि हुने र हाल नगर र प्रदेश दुबैले हेरिरहेको अस्पतालले जनाएको छ। आगामी वर्ष न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत यो अस्पताल प्रादेशिक अस्पताल अन्तर्गत मूल्याकंन हुने डाक्टर गौरव शाहले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक मृत भेटिए

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा...