नेभिगेशन
मुख्य समाचार

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

वीरगंज । वीरगंज नजिकैको सिमावर्ती भारतीय शहर रक्सौलको सिरिसिया गाउँमा अवैध रूपमा सञ्चालनमा रहेको हतियार उत्पादन गर्ने उद्योगमा भारतीय प्रहरीले ठूलो अपरेशन गर्दै भारी मात्रामा हातहतियार बनाउने उपकरण र कच्चा सामग्री सहित चारजनालाइ पक्राउ गरेको छ । पोल्ट्री फार्मको आडमा लुकाई राखिएको उक्त गैरकानुनी उद्योगमा १२ घण्टासम्म लगातार छापामारी गर्दै उत्पादनदेखि बेच्नेसम्मका चारजनालाइ पक्राउ गरिएको भारतिय प्रहरीले जनाएको छ । 

मोतिहारी जिल्ला प्रहरी कार्यालयको विशेष सूचनाका आधारमा पलनवा थाना क्षेत्रको सिरिसिया गाउँमा पुगेको प्रहरी टोलीले उक्त हतियार उद्योग फेला पारेको हो । प्रहरीले घटनास्थलबाट विभिन्न खालका पेस्तोल, कार्बाइन, गोली, हतियार बनाउने कच्चा सामग्री, मोल्ड, ड्रिल मेशिन, वेल्डिङ मेशिन, अर्धनिर्मित पेस्तोल बडी, म्यागजिन, स्लाइडिङ पार्ट, खोका, तलवार लगायतका वस्तुहरू बरामद गरेको छ । बरामद हतियार सामग्री एकीकृत रूपमा सञ्चालनमा रहेको अवस्थामा भेटिएको भारतिय प्रहरीले जनाएको छ ।

Dish Home
Global Ime Bank

पक्राउ परेका चार जना व्यक्तिहरू मध्ये हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह, उनका बुबा राजेश्वर सिंह, छपरा निवासी अमिताभ शर्मा र मुंगेरका नौयर आलम रहेका छन् । पक्राउ परेका मध्ये नौयर आलम प्रख्यात हतियार प्रशिक्षक मानिएको र उनले मोल्डिङ तथा डिजाइनिङको जिम्मा लिइरहेको अनुसन्धानबाट खुलेको छ । उनले दर्जनौँ हतियार निर्माण तालिम दिएको प्रारम्भिक जानकारी भारतीय प्रहरीले दिएको छ ।

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २ थान खोका, १ थान देशी सिक्सर, ६ थान अर्धनिर्मित पेस्तोल बडी, १० थान स्लाइडिङ, २० थान म्यागजिन अर्धनिर्मित, ६ थान मोल्ड, ३ थान अर्धनिर्मित बोस, १ थान ड्रिल मेशिन, १ थान वेल्डिङ मेशिन, १ थान तलवार, २ थान ड्रिल मेशिन, १ थान लेथ पुसिन, १ थान श्यामपट्ट, ७ थान अर्धनिर्मित फ्रेमलगायत सामाग्री बरामद गरेको छ । 

Hatiyar-karkhana-raksaul-2-1744988708.jpg
यो फ्याक्ट्री सिरिसिया गाउँमा रहेको पोल्ट्री फार्मभित्र लुकाइएको थियो र त्यहाँ दैनिक रूपमा हतियार उत्पादन भइरहेको पक्राउ परेकाहरूबाट खुलेको छ । फार्ममा काम गर्ने मजदुर र फ्याक्ट्री सञ्चालकहरूबीच विभिन्न जिम्मेवारीहरू दिइएको जानकारी खुलेको छ । । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पंकज सिंहले आफ्नो बुबाको साथमा हतियार बनाउने सम्पूर्ण समान जुटाउने र विभिन्न व्यक्तीहरूलाइ सपलाइ गर्ने गरेको पता लागेको छ । 

यस घटनाले नेपाल–भारत खुला सिमानामा भइरहेको आपराधिक गतिविधिको झनै गम्भीर तस्वीर देखाएको छ । भारतिय प्रहरीका अनुसार उत्पादित हातहितयार सेफ्टि भनेर लगिएपनी लुटपाट, हत्या, हिसाँ लगायत अपराधिक गतिविधिमा प्रयोग भएको जनाएको छ । 

यस्ता फ्याक्ट्रीहरूबाट उत्पादन हुने हतियारहरू भारत सहित विभिन्न व्यक्तिहरूबाट नेपाली भूमिमा समेत पुग्ने गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको बयान र कारखानाको स्थानले तस्कर समूहद्वारा नेपाली भू–भागमा पनि हतियार आपूर्ति भइरहेको हुन सक्ने आशंकामा बल पुर्याएको छ । सीमावर्ती क्षेत्रमा यसरी चलाइएका उद्योगहरूले दुवै देशका लागि सुरक्षा चुनौती बढाएको छ । 

Hatiyar-karkhana-raksaul-1-1744988708.jpg
सिरिसिया गाउँ भारत–नेपाल सीमाबाट निकै नजिक पर्छ र यहाँ यस्ता अवैध गतिविधि सजिलै लुकाउन सकिन्छ । प्रहरी स्रोतका अनुसार यस फ्याक्ट्रीमा नेपालसहित अन्य राज्यमा आपूर्ति गर्ने उद्देश्यले हतियार बनाउने काम हुँदै आएको थियो । यो नेटवर्कको उद्योग पता लागेको हो यस उद्योगबाट कसले के के किने र कहाँ प्रयोग भएको बारे अनुसन्धान भइरहेको छ । बरामद हतियार र उपकरणहरूलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ भने पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भारतीय प्रहरीले यस अपरेशनलाई ठूलो सफलता मानेको छ र भविष्यमा यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि थप निगरानी बढाउने जनाएको छ । छापामारीमा अनुमंडल पुलिस पदाधिकारी रक्सौलका धीरैन्द्र कुमार, थानाध्यक्ष पलनवाका सीता केवट, थानाध्यक्ष भेलाहीका शाहरुख, थानाध्यक्ष रामगढवाका अमरजीत कुमार, थानाध्यक्ष परसाका सुनील कुमार लगायतको प्रहरी टोलि रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...