नेभिगेशन
सिधाकुरा विशेष

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

काठमाडौँ । २५ करोड रुपैयाँ बराबरको डलर र युरो बोकेर चीन जाने क्रममा पक्राउ परेका फुच्चे भनिने कुसाङ लामा कारागार चलान भएका छन् । उनले उक्त रकम सिन्धु मेटेरियल्स प्रालीबाट नारायण पौडेल र उनको टोलीले आफ्नो गाडीमा लोड गरेको बयान दिएका छन् । 

बयानका क्रममा उनले आफूले नारायण पौडेलेको गोदाममा गाडी राखेर कुरा गर्दै गर्दा नारायण पौडेलका सहयोगी भनिने एक कालो अग्लो वर्ण भएको मानिसले आफ्नो गाडीमा मुद्रा राखेको विवरण खुलाएका हुन् । 

Dish Home
Global Ime Bank

यस्तो छ २५ करोड तस्करीमा संलग्न ‘फुच्चे’ भनिने कुसाङ लामाले दिएको बयान: 
मिति २०८१/१२/०४ गते अन्दाजी २३ः०० बजे काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर २ झोरस्थित सडकमा टोखाबाट रसुवातर्फ म ना ७ ख १६५२ नम्बरको कन्टेनर चलाएर जाँदै गर्दा मैले चलाएको कन्टेनरभित्र मेरो सिट माथि रहेको साउन्ड बक्स राख्ने ठाउँभित्र विभिन्न दरको विदेशी मुद्रा ५०, १००, २०० र ५०० का दरका युरो जम्मा १३ लाख ७५ हजार १ सय ५० र अमेरिकी डलर ५० र १०० का दरका जम्मा ३ लाख २० हजार ८ सय ५० लुकाई छिपाइरहेको अवस्थामा बरामद भएको हो। 

मेरो ना ७ ख १६५२ नम्बरको ट्रकभित्र मेरो सिटमाथि रहेको साउन्ड बक्स राख्ने ठाउँमा ओसारपसार गरिएका बरामद भएको विदेशी मुद्रा अमेरिकी डलर तथा युरो सिन्धु मेटेरियल्स प्रालीको काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर ३ ग्रीनल्यान्डमा रहेको गोदाममा राखेको हुनुपर्छ । तर मेरो ना ७ ख १६५२ नम्बरको कन्टेनरको काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं २ मा अवस्थित बाबा बालखण्डे बडीबिल्डर्स ग्यारेजमा १४/१५ दिन लगाई गाडी बनाएपछि ठिमीमा सर्भिसिङ गरी काठमाडौँ जिल्ला गोकर्णेश्वर–२ नयाँपाटीमा एक दिन पार्किङ गरी जोरपाटीमा शंकर अस्पताल नजिकैको पार्किङमा २ दिन पार्किङ गरेपछि पूजा गरी मिति २०८१/१२/०४ गते गाडी निकाली सिन्धु मेटेरियल्स प्रालीको काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर ३ ग्रीनल्यान्डमा रहेको गोदाममा बेलुका ६ बजेतिरको समयमा लगिराखेको थिएँ । मेरो चिनजानकै मानिस हुन्, नारायण पौडेल । त्यहाँ गएर उनी र उनकै ड्राइभर तथा अकाउन्टेन्ट राजकुमार भन्ने हरिबहादुर भण्डारीसँग कुराकानी गरी बसिरहेको समयमा कालो वर्ण भएको अग्लो मानिस मेरो गाडीबाट झरेको देखेर के गरेको ? भनेर सोध्दा नारायण पौडेलले ‘मेरो केटा हो’ भन्दै कालो अग्लो वर्ण भएको मानिसलाई ए केटा काम सक्कियो ? भनेर सोध्दै थिए । 

एकछिनपछि निज नारायण पौडेल मलाई बस्दै गर भनेर त्यो कालो केटासँगै गए। सोही क्रममा राति ८ बजे म रसुवातिर जानलाई हिँडेको हुँ। यसैबीचमा उक्त विदेशी मुद्रा अमेरिकी डलर तथा युरो मेरो ना ७ ख १६५२ नम्बरको कन्टेनर भित्र मेरो सिटमाथि रहेको साउन्ड बक्स राख्ने ठाउँमा राखेको र ओसारपसार भएको हुनुपर्छ। मैले चाइनाबाट पैठारी भएका रेडिमेड कपडा लिनका लागि ना ७ ख १६५२ नम्बरको कन्टेनर लिएर रसुवा जाँदै थिएँ। र उक्त सामान लिनको लागि पाठक मेसबाट पठाएको हो। 

वारदात मिति भन्दा ३/४ महिना अगाडि मेरो एनएमबी, एनआईएमबी र सानिमा विकास बैंकको खातामा जम्मा भएको रकम मेरो भाइको साथीहरुले उसको घर किन्ने प्रयोजनका लागि मेरो खातामा जम्मा गरिदिएको रकम हो । जम्मा भएको उक्त रकम मेरो भाइले भनेको व्यक्तिहरुलाई निजहरूको खातामा पठाइदिएको हो र बाँकी रहेको भाइको केही पैसा मेरो माथि उल्लेख गरिएका खाताहरूमा रहेको छ। ईश्वर श्रेष्ठ भन्ने व्यक्ति मेरो भाइको साथी हो। मेरो भाइले घर किन्नका लागि मेरो एनआईएमबी बैंकको खाताबाट ईश्वर श्रेष्ठको खातामा ९ लाख ९९ हजार हालिदिएको हो। ईश्वर श्रेष्ठ भन्ने व्यक्तिलाई म चिन्दिनँ। मेरो भाइले घर किन्नका लागि मेरो खाता नम्बरमा राखेको पैसा आफ्नो साथीहरुलाई दिएको हुनाले मेरो एनआईएमबी बैंकको खाताबाट राजकुमार घलानको खातामा ७ लाख ६० हजार रकम हालिदिएको हो। राजकुमार घलान भन्ने व्यक्तिलाई पनि म चिन्दिनँ। 

एनआईएमबी बैंकको खाताबाट ईश्वरी पौडेल चौलागाईलाई रु ३२ लाख जम्मा भएको रकम मेरो भाइले घरको बैनास्वरूप दिएको रकम हो। मिति यकिन गरी म भन्न सक्दिनँ। एनआईएमबी बैंकको खातामा राजेन्द्र प्रसाद प्रधानाङ्ग  र दिवाङ्ग शेर्पाको नामबाट क्रमशः रु १० लाख र ६ लाख ३ हजार गएको रकम मेरो भाइले उसको घर खरिदमा बैनास्वरूप दिनको लागि भाइले पठाएको रकम हो।

मैले प्रयोग गर्ने मोबाइल नम्बर ९७४५७०**** र ९८४३०९**** तथा मोबाइल नं ९७६१७२**** र ९८५१०४**** बिच वारदातको समय अगाडि र वारदातको समयमा पटक पटक माेबाइल सम्पर्क आदान प्रदान भएको हो । मलाई वारदात अगाडि गाडी राम्रोसँग लिएर जाऊ भनेर नारायण पौडेलले भनेका थिए र मैले सिन्धु मेटेरियल्स प्रालिको गोदामबाट गाडी लिएर निस्कँदा नारायण पौडेल नभएको तर उनको ड्राइभर तथा अकाउन्टेन्ट राजकुमार भन्ने हरिबहादुर भण्डारी रहेको हुँदा निज नारायण पौडेलको मोबाइल नं ९७६१७२**** मा फोन गरी ‘निस्किएँ’ भनी जानकारी गराएको थिएँ । उक्त मोबाइल नम्बर ९७६१७२**** र मैले प्रयोग गर्ने मोबाइल नम्बर ९७४५७०**** र ९८४३०९**** बिच बारम्बार सम्पर्क हुनुको कारण म गाडी लिएर पाठक मेसको सामान लिन चाइनातिर हिँडेको र बाटोमा गाडीमा खराबी आएको कारण मैले अगाडि फोन डायलमा रहेको नम्बरमा फोन गर्दा निजको नम्बरमा फोन लाग्न गएको हुँदा गाडी बिग्रेको सम्बन्धमा कुराकानी भएको हो । सोही कारण उनीसँग बारम्बार फोन सम्पर्क भएको हो । 

मोबाइल नं. ९७६१७२**** र ९८५१०४**** बाट मेरो मोबाइल नं ९७४५७०**** र ९८४३०९**** मा बारम्बार सम्पर्क गर्ने व्यक्ति नारायण पौडेल हुन । उनले को कसको मोबाइल नम्बर प्रयोग गरी मसँग सम्पर्क गरेका हुन, सो मलाई थाहा छैन । तर युनिता खत्री नारायण पौडेलको परिवार र राजकुमार भन्ने हरिबहादुर भण्डारी उनका ड्राइभर तथा अकाउन्टेन्ट हुन भन्ने सुनेको हुँ । मलाई बारम्बार सम्पर्क गर्ने नारायण पौडेल (मोबाइल नं ९७६१७२**** धारक) ले बारम्बार मोबाइल न ९८५१०५**** भएका सरोज कोइराला, मोबाइल नं ९८६०१४**** भएकी युनिता खत्री, मोवाइल नं ९८५१०४**** भएका राजकुमार भण्डारी र मोबाइल नं ९८१३२७**** रहेका दिपेश समेतसँग वारदात अगाडि पछाडि बारम्बार फोन सम्पर्क भएको सम्बन्धमा मलाई जानकारी छैन । तर निज नारायण पौडलको परिवार युनिता खत्री , ड्राइभर तथा अकाउन्टेन्ट राजकुमार भण्डारी र छोरा दिपेश पौडेल हुन भन्ने सुनेको छु । 

मेरो नाममा भएको ना ६ ख ६४५५ र बागमती प्रदेश ०१००६ ख नम्बर भएका दुईवटा सवारी साधन छन् । हाल अवैध विदेशी मुद्रासहित बरामद भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर मेरो आमाको नाममा छ र ना ३ ख ७४१३ मेरो साथी सुमनको हो । मैले पाठक मेसको सामान बोक्ने गरेको छु । मैले वारदातमा प्रयोग गरेको ना ७ ख १६५२ नम्बरको कन्टेर काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका २ मा अवस्थित बाबा बालखण्डे बडी बिल्डर्स ग्यारेजमा बनाएको हो । उक्त ग्यारेजमा १४/१५ दिन लगाई गाडी बनाएपछि ठिमीमा सर्भिसिङ गरी काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा १ दिन पार्किङ्ग गरी जोरपाटीमा शंकर अस्पताल नजिकैको पार्किङ्गमा २ दिन पार्किङ्ग गरी, पूजा गरी मिति २०८१/१२/०४ गते गाडी निकाली शिन्धु मेटरियल्स प्रा.लि. को काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं ३ ग्रिनल्याण्डमा रहेको गोदाममा मिति २०८१/१२/०४ गते बेलुका ६ बजे तिरको समयमा लगि राखेको र त्यहाँबाट सोही दिन ८ बजेतिर गाडी निकाली रसुवातिर हिँडेको हुँ । 

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको देखेपछि मैले सोही स्थानमा कन्टेनर रोकी रसुवा लाने सामान छ कि ? भनेर गोदाममा छिरेकोको थिएँ । म उनीहरुसँग कुराकानी गरी बसिरहेको समयमा  कालो वर्ण भएको अग्लो मानिस मेरो गाडीबाट झरेको देखेर के गरेको ? भनेर सोध्दा नारायण पौडेलले ‘मेरो केटा हो’ भन्दै कालो वर्ण भएको अग्लो मानिसलाई, ‘ए केटा काम सक्कियो ?’ भनेर सोध्दै थिए । एकछिन निज नारायण पौडेल मलाई बस्दै गर भनेर त्यो कालो केटासँगैँ गए । 

धेरे ढिला भएकाले रातको ८ बजेतिर म जान पर्यो भनेर गाडीतिर जान लाग्दा निज राजकुमार भण्डारीले ‘राम्रोसँग जानु, पुगेर फोन गर्नु’ भनेको थियो । मलाई जानुभन्दा पहिला नारायण पौडेललाई फोन गर्न मन लागेकोले ‘म जान लागेको भनी फोन गर्दा निजले राम्रोसँग जानु, पुगेर फोन गर्नु’ भनेका थिए । त्यसपछि म चाइनातिर जानलाई हिँडेको हुँ । मेरो ना ७ ख १६५२ नम्बरको कन्टेनरमा अवैध विदेशी मुद्रा रहेको मलाई थाहा थिएन । त्यो कालो केटाले मेरो ना ७ ख १६५२ नम्बरको कन्टेनरमा अवैध विदेशी मुद्रा लुकाइ राखेको हुनुपर्छ । उक्त सिन्धु मेटेरियल्स प्रालिको गोदाममा मेरो ना ७ ख १६५२ नम्बरको कन्टेनरमा मेरो सिटमाथि रहेको साउन्ड बक्स राख्ने ठाउँमा अवैध विदेशी मुद्रा राखेको सम्बन्धमा मलाई थाहा थिएन ।

वारदात मितिमा सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदामबाट निस्किए पछि अन्दाजी ११ बजे  काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर २ झोरस्थित सडकमा मैले चलाएको कन्टेनरभित्र मेरो सिटमाथि रहेको साउन्ड बक्स राख्ने ठाउँमा अवैध विदेशी विनिमय लुकाई छिपाई राखेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिइएको प्रहरी टोलीले मलाई नियन्त्रणमा लिई सो बरामद मुद्राको सम्बन्धमा आवश्यक कारबाहीको लागि दाखिला गरेको हो । सो बिचमा मेरो मोबाइल नम्बर ९ ७४५७०**** र ९८४३०९**** तथा मोबाइल नं ९७६१७२**** र ९८५१०४**** का नारायण पौडेलबीच बारम्बार मोबाइल सम्पर्क भएको थियो । म  गाडी लिएर पाठक मेसको सामान लिन चाइनातिर हिँडेको र बाटोमा गाडीमा खराबी आएको कारण मैले अगाडि फोन डायलमा रहेको नम्बरमा फोन गर्दा निजको नम्बरमा फोन लाग्न गएको हुँदा गाडी बिग्रेको सम्बन्धमा कुराकानी हुँदा बारम्बार फोन सम्पर्क भएको देखिएको हो । 

मैले जानी बुझी उक्त मुद्रा ओसारपसार गरेको होइन । कालो वर्ण भएको केटाले अमेरिकी डलरसमेत मेरो गाडीमा राखेको रहेछ । सो अमेरिकी डलरसमेतको सम्बन्धमा मलाई जानकारी नभएको हुनाले उक्त अमेरिकी  डलरसमेत मेरो होइन । कानुन बमोजिम गरी पाऊँ।

मैले प्रयोग गर्ने मोबाइल नं ९७४५७०**** र ९८४३०९**** मा मोबाइल नम्बर ९८६१५३**** र ९८४४०१****, ९८४९२६****, ९८४१७०**** र ९८६१७७**** बाट वारदातको समय अगाडि र वारदातको समयमा पटकपटक मोबाइल सम्पर्क आदानप्रदान भएको हो । मोबाइल नम्बर ९८६१५३**** मेरो दाइ ग्याम्जो शेर्पाको हो। निजले घरायसी कुराकानी गर्दा फोन सम्पर्क हुन गएको हो । मोबाइल नं ९८४४०१**** मेरी श्रीमती दामु शेर्पाको हो । उनीसँग घर व्यवहार र अन्य विषयमा कुराकानी हुँदा फोन सम्पर्क भएको हो । मोबाइल नं ९८६१७७**** मेरो भाउजू दिवाङ्ग शेर्पाको हो । निजले घरायसी कुराकानी गर्दा फोन सम्पर्क हुन गएको हो। अन्य नम्बरहरूको सम्बन्धमा मलाई थाहा छैन । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८१ चैत ४ गते फुच्चेलाई १३ लाख ७५ हजार १५० युरो, ३ लाख २० हजार ८५० अमेरिकी डलर सहित टोखा नगरपालिका २ झोरबाट पक्राउ गरेको थियो । ना ७ ख १६५२ नम्बर रहेको कन्टेनरमा विदेशी मुद्रा लिएर मध्यरातमा रसुवातर्फ जाने क्रममा पक्राउ परेका उनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । 

काठमाडौँ जिल्ला अदालतले  कुसाङ लामालाई  पूर्पक्षका लागि कारागार चलान गरेको छ भने मुख्य आरोपित भनिएका नारायण पौडेल फरार रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

लक्ष्मण गिरी सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।