नेभिगेशन
समाज

सुन्दरले ल्याए ‘बदमास’

काठमाडौँ । अमेरिकामा व्यवसाय गर्दै आएका सुन्दर राजभण्डारीले क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’को सार्वजनिक गरेका छन् ।

निर्माता समेत रहेका राजभण्डारीले लेखेका शब्दमा नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको छन् । मेनुका पौडेलले जादुमय स्वरले बदमासलाई कालजयी बनाएको छ । 

Dish Home
Global Ime Bank

गोपाल रसाइलीले एरेन्ज गरेको बदमासका  कार्यकारी निर्माता भने विक्रान्त मान श्रेष्ठ रहेका छन् । बदमास म्युजिक भिडियोको निर्देशन भने बिमलेश अधिकारीले गरेका छन् । गीतमा  सनिशा भट्टराई र विजु पार्कीको अभिनय सुहाएको छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।

अमेरिकामा व्यापार-व्यवसाय गर्दै आएका निर्माता तथा गितकार राजभण्डारीले आफू जहाँ भएपनि नेपाल र नेपाली संगित प्रतिको प्रेम अगाध रहेको बताए । यस अघि पनि अमेरिकामा विभिन्न सांगितक कार्यक्रमहरुको आयोजना गर्ने तथा समय मिलाएर गित लेख्ने गरेको बताए ।

अब हरेक वर्ष दुई वटा गीत सार्वजनिक गर्ने योजनामा रहेको राजभण्डारीले खुलाए । 

नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको म्युजिक भिडियो बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, तथा अभिनेता प्रशान्त ताम्राकार लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपाल झर्ने समस्या: कारण, समाधान र दीर्घकालीन रणनीति

कपाल झर्ने समस्या: कारण, समाधान र दीर्घकालीन रणनीति

टाउको सफा राख्नु कपाल झर्ने समस्याबाट जोगिने महत्वपूर्ण उपाय हो। यदि तालु चिल्लो छ भने हरेक दिन वा एक दिनको अन्तरमा कपाल नुहाउनु उचित हुन्छ। सुक्खा टाउको भएका...
काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँ उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका लागि अहिले भई रहेका सडक साँघुरो हुँदै गएका छन् भने त्यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको...
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । 
बुटवलमा एक महिला माथि गोली प्रहार 

बुटवलमा एक महिला माथि गोली प्रहार 

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेकी विष्टको ढाडमा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।