नेभिगेशन
समाज

हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले नै तोक लगाएको विषयको चौतर्फी विरोध सुरु भएको छ । 

हेटौंडा–४ शितल महलचोकमा रहेको  ‘द नाइन्टिन सलोन’ ले आफ्नो सैलुनमा एसी र इन्भर्टरको माग गर्दै दिएको निवेदनमा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तोक लगाइदिएकी छन्। 

Dish Home
Global Ime Bank

सैलुनका सञ्चालक सुसन घलानले गर्मी बढेको र नियमित विद्युत आपूर्ति नभएकाले गुणस्तरीय सेवा दिन एक/एक थान एसी र इन्भर्टरको माग गर्दै सोमबार उपमहानगरपालिकामा निवेदन दिएका थिए। सोही निवेदनमा तोक लगाउँदै मेयर लामाले आर्थिक शाखालाई ‘माग भएका सामग्रीको लागत अनुमान तयार गरिदिनुहुन’ निर्देशन दिएकी छिन् । 

सो तोकको तस्विर सोही सैलुनले टिकटकमा अपलोड गरेका थिए । उक्त तस्विर भाइरल भएपछि त्यसको चौतर्फी विरोध भएको हो । 

मेयर लामाले हेटौँडामा २ युवा मिलेर खोलेको सो सैलुनको उद्घाटन समेत गरेकी थिइन् । उद्घाटनका क्रममा उनले आफूले सैलुनमा एसी जडानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कपाल झर्ने समस्या: कारण, समाधान र दीर्घकालीन रणनीति

कपाल झर्ने समस्या: कारण, समाधान र दीर्घकालीन रणनीति

टाउको सफा राख्नु कपाल झर्ने समस्याबाट जोगिने महत्वपूर्ण उपाय हो। यदि तालु चिल्लो छ भने हरेक दिन वा एक दिनको अन्तरमा कपाल नुहाउनु उचित हुन्छ। सुक्खा टाउको भएका...
काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँ उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका लागि अहिले भई रहेका सडक साँघुरो हुँदै गएका छन् भने त्यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको...
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । 
बुटवलमा एक महिला माथि गोली प्रहार 

बुटवलमा एक महिला माथि गोली प्रहार 

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेकी विष्टको ढाडमा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।