नेभिगेशन
समाज

कांग्रेस पदाधिकारी र मन्त्रीसहितको बैठकको निष्कर्ष, ‘सरकारको गति पुगेन, बढाउनुपर्यो’

काठमाडौँ । नेपाली कांग्रेसले सत्तागठबन्धनसँग तालमेल गर्दै सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सत्तागठबन्धन दलबीच समन्वय र सन्तुलनका साथ सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

Dish Home
Global Ime Bank

गठबन्धन सरकार एउटै दलको नहुने भएकाले समन्वयको आवश्यकता रहेकोमा बैठकले जोड दिएको उनले बताए । प्रवक्ता महतले नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता देखिएको धारणा राखे । तालमेल र समन्वयका विषयमा नेतृत्व तहले कुराकानी गरिरहेको र सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको उनले बताए । प्रवक्ता महतले प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार ढल्दैछ भन्नु स्वभाविक रहेको भन्दै प्रचण्डले भनेकै आधारमा सरकार बन्ने वा भत्किने भन्ने नहुने जिकिर गरे । 

बैठकमा आगामी केन्द्रीत समिति बैठकमा लैजाने एजेण्डा, संगठनका बिषय, शिक्षक आन्दोलन लगायतका बिषयमा छलफल भएको प्रवक्ता महतले बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँ उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका लागि अहिले भई रहेका सडक साँघुरो हुँदै गएका छन् भने त्यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको...
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । 
बुटवलमा एक महिला माथि गोली प्रहार 

बुटवलमा एक महिला माथि गोली प्रहार 

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेकी विष्टको ढाडमा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ । 
तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

उनीमाथि निषेधित क्षेत्र तोडेको आरोप छ । तीनुकने प्रकरणमा प्रहरीले अहिलेसम्म २ सय जनालाई पक्राउ गरि ८२ जनालाई अदालबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । त्यस बाहेकका...