नेभिगेशन
मुख्य समाचार

२५ करोड बोकेका ‘फुच्चे’ कारगार चलान, मालिक भने अझै फरार

काठमाडौँ । टोखाबाट २५ करोड बराबर हुने डलर र युरो सहित पक्राउ परेका ट्रक चालक कारगार चलान भएका छन् । काठमाडौँ जिलला अदालतले ‘फुच्चे’ भनिने सिन्धुपाल्चोकका कुसाङ लामा पुर्पक्षका लागि कारगार चलान गरेको हो ।  

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले लामा लाई थुनामै राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो ।  तर मालिक भनिएका नारायण पौडेल भने अझै फरार छन् । 

Dish Home
Global Ime Bank

राजश्व अनुसन्धान विभागले फुच्चे भनिने कुसाङ लामा र नगदका मालिक नारायण पौडेलविरुद्ध मंगलबार मुद्दा दायर गरेको थियो ।

राजश्व अनुसन्धान विभागले नगद बोकेको ट्रकका चालक लामा र उनलाई नगद दिने पौडेललाई विदेशी विनिमय(नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गर्दै मुद्दा अभियोजन गरेको थियो । उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको चैत ४ गते लामालाई युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका २ झोरस्थित सडकबाट पक्राउ गरेको थियो । 

उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो। चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको थियो। 

उक्त मुद्रा सोही दिनको राष्ट्र बैंकको विनिमय दरअनुसार नेपाली रुपैयाँ २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा लामालाई सुन तस्करीका लागि चीन तर्फ पठाउन पौडेलले नै नगद दिएको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बुटवलमा एक महिला माथि गोली प्रहार 

बुटवलमा एक महिला माथि गोली प्रहार 

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेकी विष्टको ढाडमा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ । 
तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

उनीमाथि निषेधित क्षेत्र तोडेको आरोप छ । तीनुकने प्रकरणमा प्रहरीले अहिलेसम्म २ सय जनालाई पक्राउ गरि ८२ जनालाई अदालबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । त्यस बाहेकका...
राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै रिहा गरेको थिएन । 
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन ।  खेल विहान साढे ९ बजेदेखि हुने तय भएको थियो ।
भर्खरै