नेभिगेशन
समाज

देउवा निवासमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक जारी 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवासमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक जारी छ । केही घण्टा अघिदेखि नै बुढानीलकण्ठमा बैठक जारी रहेको हो । 

नेपाली कांग्रेसका उच्च तहका नेताहरु नै पछिल्लो समय सरकारसँग असन्तुष्ट रहेपछि देउवाले बैठक बोलाएका हुन् । पार्टीका उपसभापति पुर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शिर्षस्थ नेताहरुले अहिलेको गठबन्धनले काम गर्न नसकेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । 

Dish Home
Global Ime Bank

सरकार पक्षका नेताहरुले असन्तुष्ट बनेपछि पछिल्लो समय सरकार ढल्ने हल्ला चल्न थालेपछि देउवा निवासमा बैठक बसेको हो । त्यसो त महामन्त्री थापा र उपसभापति खड्का बुधबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् । सोही विषयमा समेत कुराकानी गर्न बैठक बोलाइएको बताइएको छ । 

बैठकमा पछिल्लो समयका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका विद्यालय

कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । 
बुटवलमा एक महिला माथि गोली प्रहार 

बुटवलमा एक महिला माथि गोली प्रहार 

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेकी विष्टको ढाडमा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ । 
तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

उनीमाथि निषेधित क्षेत्र तोडेको आरोप छ । तीनुकने प्रकरणमा प्रहरीले अहिलेसम्म २ सय जनालाई पक्राउ गरि ८२ जनालाई अदालबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । त्यस बाहेकका...
राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै रिहा गरेको थिएन । 
भर्खरै