नेभिगेशन
मुख्य समाचार

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । 

भेडिगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए । उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।

Dish Home
Global Ime Bank

एक्कासि आएको वर्षाले लाई ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको उल्लेख गरे । 
  
आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पु¥याएको स्थानीयले बताएका छन् । 

अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा क्षति पु¥याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए। वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली–२ अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्याएको छ । यहाँका अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

तीनकुने घटनामा सन्तोष राजावादी पक्राउ

उनीमाथि निषेधित क्षेत्र तोडेको आरोप छ । तीनुकने प्रकरणमा प्रहरीले अहिलेसम्म २ सय जनालाई पक्राउ गरि ८२ जनालाई अदालबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । त्यस बाहेकका...
राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै रिहा गरेको थिएन । 
वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल प्रभावित

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन ।  खेल विहान साढे ९ बजेदेखि हुने तय भएको थियो ।
आजको मौसम: यी तीन प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम: यी तीन प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
भर्खरै