नेभिगेशन
मुख्य समाचार

पर्सामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ, रिहाइ गर्न विहानदेखि टायर बालेर प्रदर्शन 

वीरगंज । पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने र ताेडफाेडमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २ स्थित छपकैया र नगवा १६ नम्बर वडाको बासिन्दा रहेका छन् ।

Global Ime Bank


प्रहरीका अनुसार, रामनवमीको अवसरमा निस्किएको धार्मिक जुलुस छपकैया हुँदै अगाडि बढिरहेका बेला योजनाबद्ध ढङ्गले ढुंगा प्रहार गरी स्थिति तनावपूर्ण बनाउन खोजिएको थियो । घटनामा संलग्न रहेको आरोपमा छपकैया–२ निवासी ३० वर्षीय शेख खुर्सेद र सलाउद्दिन मियाँ ठकुराईलाई पक्राउ गरिएको हो । उनीहरू घरको छतबाट ढुंगा प्रहार गर्दै भिडलाई उत्तेजित पार्न खोजेको प्रहरीले अ‌ाराेप रहेको छ ।


त्यसैगरी, घटनापछि स्थानीय होटल तथा मोटरसाइकलमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा छपकैयाकै बलदिप सिंह कुशवाहा र नगवा–१६ का रवि सर्राफलाई समेत नियन्त्रणमा लिइएको छ ।
पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रका अनुसार पक्राउ परेका चारै जनामाथि घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।


“धार्मिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि धर्म, जातका किन नहाेस कसैलाई पनि कानुनी दायराभित्र ल्याउने हाम्रो प्राथमिकता हो,” एसपी मिश्रले भने, “समुदायबीचको शान्ति, सद्भाव र सहिष्णुतामा आघात पुग्ने कार्यलाई कदापि सहन गरिने छैन् ।”
हाल सम्भावित विभित्र क्षेत्रकाे घटनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्भावित थप घटनालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । स्थानीय प्रशासनले नागरिकहरूलाई अफवाहमा नलाग्न र संयमित रहन आग्रह गरेको छ ।


यता जिल्ला प्रशासन कार्यालय पर्साले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखिएको र दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता नभएका फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाल बन्द हुँदै छन् ? सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट...
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 
भर्खरै