नेभिगेशन
मुख्य समाचार

वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो

वीरगंज । वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको जुलुस लक्षित झडपपछि उत्पन्न भएको तनाव शान्त पार्न आइतबार सर्वपक्षीय सहमति जुटाएको २४ घण्टा नबित्दै पुनः विरोध र प्रदर्शन सुरु भएपछि स्थिति तनावपूर्ण बनेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर सोमबार दुवै समुदायका केही व्यक्तिहरुलाई पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय र घण्टाघर अगाडी विवाद चर्किँदा प्रहरीको लाठि चार्जबाट एक पत्रकारको टाउको फुटेको छ । 

Global Ime Bank

प्रदर्शनको क्रममा स्थिति आक्रोशपूर्ण बन्दै गएपछि एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ताको टाउँको फुटेको छ । समाचार संकलनका लागि घटनास्थलमा पुगेका पत्रकार गुप्ताको टाउकोमा चोट लागेको छ भने अहिले उनको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भैरहेको छ ।

घटनापछि पत्रकार संगठनहरूले आक्रोश व्यक्त गर्दै पत्रकारमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको कुठाराघात भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखा, प्रदेशका पदाधिकारीहरु अस्पताल पुगेका छन् । 

यसअघि शनिबार वीरगञ्जको घण्टाघरबाट सुरु भएको हनुमान जयन्तीको जुलुस छपकैयामा पुग्दा दुई समुदायबीच झडप भएको थियो । यसबारे प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको भए पनि स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो । 
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ  बढी प्रतिबद्धता  र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।
सुनसरी गोली प्रहार घटनाः ३ जना पक्राउ, ३ जना अझै फरार

सुनसरी गोली प्रहार घटनाः ३ जना पक्राउ, ३ जना अझै फरार

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । गोली प्रहारका क्रममा...