नेभिगेशन
समाज

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

काठमाडाैँ । ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 

पानीट्यांकीबाट किरा आउन थालेपछि सफा गर्न खोली हेर्दा कुहिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । उक्त शव प्रहरीले खोजी हेकी ११ वर्षीया बालिका दुर्गा बोहराको थियो । 

Dish Home
Global Ime Bank

घटना कसरी भयो ?

ललितपुरको मंगलबजार नजिकै खपिन्छे टोलमा बाबुराजा अवालेको घर छ । त्यही घरमा गत फागुन २५ गतेसम्म डेरा गरी बस्दै आएका थिए, बझाङको सुर्मा गाउँपालिका–४ की भगवती बोहरा र उनको परिवार । भगवती पाटन दरबार स्क्वाएर परिसरमा चिया बेच्छिन् भने उनका श्रीमान् सेक्युरिटी गार्डको काम गर्छन् । उनको परिवारमा उनी सहित श्रीमान, २ छोरा र १ छोरी बस्दै आएका थिए । 

अवालेको घरबाट उनीहरु गत फागुन २५ गते अन्यत्र डेरा सरेका थिए । त्यही घरमा भाडामा बस्दै आएका चमेली सुनारको परिवार पनि चैत २ गते अन्यत्र सरेका थिए । त्यसपछि अवालेको घर खाली भएको थियो । 

***

चैत ६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा भगवती बोहराले आफ्नी ११ वर्षीय छोरी दुर्गा बोहोरा चैत ४ गते राति साढे ९ बजेबाट हराएको भन्दै निवेदन दिएकी थिइन् ।  त्यसपछि प्रहरीले खोजी कार्य भइरहेको बताएपनि घटनाका विषयमा थप कुनै जानकारी परिवारलाई दिएको थिएन ।

उता, बोहराको परिवारले डेरा छोडेको बाबुराजा अवालेको घरमा चैत १६ गते मकवानपुरका सञ्जय बोगटी डेरा बस्न पुगेका थिए । सुरुमा बोगटी बसेको सो घरमा केही कुहिए जस्ताे गन्ध आइरहेको थियो । सञ्जयले फिनेल लगायत सरसफाई गर्ने सामान प्रयोग गरेर गन्ध हटाउने प्रयास गरे । 

गन्ध आउने, उनले फिनेल छर्कने क्रम जारी रह्यो । सोही क्रममा चैत २९ गते ट्वाइलेटसँगै रहेको पानी ट्याङ्की वरपर किरा आउन थालेपछि उनले ट्याङ्की सफा गर्न थाले । तर ट्याङ्कीको माथि छोपिएको सिमेन्टको स्ल्याब उठाउँदा गलिसकेको शव देखियो । 

सञ्जयले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा पुगेपछि थाहा भयो, ट्याङ्कीमा हालिएको शव चैत ४ गते देखि हराइरहेकी, तथा त्यही घरमा पहिला डेरा बस्ने ११ वर्षीय दुर्गा बोहराको थियो । 

***

त्यसपछि उक्त घटनामाथि अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान सुरु गर्छ । उनको शव भेटिएको घरको भर्याङमा रगतको टाटाे (दाग) देखिएको थियो । रगत देखिएपछि उनको हत्या गरी शव ट्याङ्कीमा लुकाइएको तर्फ प्रहरीले अनुसन्धान केन्द्रित गर्याे। अपराध अनुसन्धान महाशाखाका एसपी अङ्गुर जिसीका अनुसार शव भेटिएपछि प्रहरीले हराएको दिनदेखिकै त्यस क्षेत्रका सबै सिसिटिभी भिडियो केलाएको थियो । सिसिटिभीमा उक्त दिन दुर्गा र उनका दाइ त्यस घरतर्फ जाँदै गरेको दृश्य कैद भएको थियो । 

प्रहरीले त्यसपछि उनका दाजु र परिवारलाई नै तारेखमा राखेर अनुसन्धान सुरु गरेको थियो । दाजुसँग घरभित्र छिरेपछि दुर्गा कतैको पनि सिसिटिभीमा कैद भएकी थिइन् । तर दुर्गाका दाजु भने अर्कै बाटोबाट एक्लै घर फर्किएका थिए ।

त्यस्तै दुर्गाका दाजु भोलिपल्ट पनि एक्लै त्यही घर तर्फ गएको सिसिटिभी भिडियो प्रहरीले फेला पारेको थियो । 

त्यसपछि उनलाई केरकार गर्दा आफूले अघिल्लो दिन बहिनीको हत्या गरेको र भोलिपल्ट गएर पानीट्यांकीमा फालेको स्वीकार गरेको एसपी जिसीले जानकारी दिए । 

ती किशोरले हत्या गर्नुभन्दा अघिको घटना विवरण प्रहरीलाई सुनाएका छन् । उनी लागुुऔषधको दूर्व्यसनीमा समेत फसेको प्रहरीले बताएकाे छ ।

प्रहरीलाई घटना विवरण सुनाउँदै उनले सुरुमा डेरा छोडिसकेको घरमा आफ्नो कपडा छुटेकाले लिन गएको बताएका छन् । घरमा कोही नबस्ने भएपछि मैनबत्ती बालेर भित्र छिरेको उनले बताए । 

घरमा पुगेपछि सो घरमा लागु औषध रहेकाले उनले र बहिनीले बाँडेर सो सेवन गरेको समेत उनले बताएका छन् । ती किशोरले प्रहरीलाई दिएको बयान अनुसार उनले २ ट्याब्लेट बहिनिलाई समेत खुवाएका थिए । आफूले ४ वटा ट्याब्लेट खाएका थिए । 

लागु औषध सेवन गरेपछि दुर्गाले समाएको मैनबत्ती निभ्छ । त्यसपछि बत्ती निभाएको रिसमा ती किशोरले बहिनीसँग विवाद सुरु गर्छन् । विवादका क्रममा उनले बहिनीलाई कुटपिट गर्दा दुर्गा भुईँमा ढल्छिन् । उनको टाउकोबाट रगत बग्न सुरु गर्छ । लडेकी बहिनीको टाउकोबाट रगत बगेपछि बहिनी मरेको सोचेर नाइलनको डोरीले हात तथा घाँटी कसेर हत्या गरेको बयान किशोरले प्रहरीलाई दिएका छन् । 

अहिले ती किशोरमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भई कारबाहीका लागि ललितपुर प्रहरी पठाइएको एसपी जिसीले सिधाकुरालाई बताए । 

त्यसो त ती किशोरको विगत समेत आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । उनले यसअघि पनि सोही घरमा बसेका भरत सुनारको मोबाइल चोरी गरेका थिए । सो विषय दुर्गाले परिवार र भरतलाई बताइदिएकी थिइन् भने सो घटनामा ती किशोरका दाइले भरतलाई क्षतिपुर्ती समेत व्योहोरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको...
सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २...
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
भर्खरै