नेभिगेशन
मुख्य समाचार

सर्वोच्चले भन्यो रवि लामिछानेको मुद्दाको डिजिटल मिसिल बनाउनु, १५ दिन भित्र कैफियत प्रतिवेदन पेश गर्नु

काठमाडौँ । सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको मुद्दामा उच्च अदालत र जिल्ला अदालत दुवैबाट मुद्दाका कागजपत्र झिकाउने आदेश जारी गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि  उच्च अदालतले थुनामा पठाउन गरेको आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको गरेको छ । 

Global Ime Bank

यस्तै जिल्ला अदालत रुपन्देहीलाई  मुद्दाको मिसिलमा संलग्न सबै कागजातको विद्युतीय फाइल तयार पारेर १५ दिनभित्र सफ्टवेयरमा अनिवार्य राख्न पत्रचार गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ । 

डिजिटल फाइल सफ्टवेयरमा अपलोड गरेपछि मुद्धाको मिसिल अनलाईनबाट अदालतले हेर्न सक्ने छ । यसका लागि कागज बोकेर ल्याउने लैजाने झण्झट हट्ने छ । 
यस्तै सर्वोच्चले १५ दिनभित्र कैफियत प्रतिवेदन प्राप्त भइसकेपछि पेसीको सूचना सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गर्न पनि भनेको छ। 

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सहकारी ठगी तथा संगठित अपराधका अभियुक्त लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो।  

थुनामा रहेका छविले पनि थुनामा राख्ने आदेश बदर माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि छ सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन माग गरेको छ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो । 
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ  बढी प्रतिबद्धता  र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।
सुनसरी गोली प्रहार घटनाः ३ जना पक्राउ, ३ जना अझै फरार

सुनसरी गोली प्रहार घटनाः ३ जना पक्राउ, ३ जना अझै फरार

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । गोली प्रहारका क्रममा...