नेभिगेशन
समाज

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्तिमा जगमान गुरुङको आपत्ति, भन्छन्–म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक डा. जगमान गुरुङले आफू कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे नभएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै गुरुङले आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत राजा उचाल्न पठाएको भन्ने अभिव्यक्ति देखेको भन्दै टिप्पणी गरेका हुन् ।

त्यस्तै उनले आफ्नो नाम र फोटो समेत राखेर ‘राजाको राज्याभिषेक गर्न आउनोस्’ भन्दै दुष्प्रचार गरिएको भन्दै त्यसको खण्डन समेत गरेका छन् ।‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जगमान गुरुङलाई  राजा उचाल्न पठाएको भन्ने अभिव्यक्ति पनि देखेँ। म कसैले उचालेर उचालिनी र पछारेर पछारिनी मान्छे होइन।मेरै नाम र फोटो राखेर वैशाख २२ गते श्री ५ ज्ञानेन्द्रको राज्याभिषेक गर्न आउनोस् भनेर पोस्ट गरेको पनि देखेँ।’, उनले फेसबुकमा लेखेका छन्, ‘उत्ताउलो कुकुर संसाँझै भुक्छ भने जस्तै म त्यस्तो उत्ताउलो काम कुरा गर्ने मान्छे पनि होइन।त्यसकारण मैले त्यस प्रकारको आह्वान गरेको पनि छैन।परी आएको खण्डमा म स्वयंले श्रव्य दृश्य माध्यमबाट आह्वान गर्ने छु।’

Global Ime Bank

त्यस्तै उनले आफ्नो नामबाट अनर्गल र सस्तो लोकप्रियताका लागि प्रचार प्रसार नगर्न  समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता नभएका फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाल बन्द हुँदै छन् ? सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट...
न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले...
सात अङ्कले बढ्यो नेप्से परिसूचक

सात अङ्कले बढ्यो नेप्से परिसूचक

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६...
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
भर्खरै