नेभिगेशन
समाज

नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । 
अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताएका थिए। गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो । 

अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । उक्त टोलीले करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए । 

Global Ime Bank

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् । 
अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए। जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले...
सात अङ्कले बढ्यो नेप्से परिसूचक

सात अङ्कले बढ्यो नेप्से परिसूचक

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६...
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।