नेभिगेशन
मुख्य समाचार

शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले एक विज्ञप्ति जारी गर्दै देशभरका शिक्षक, प्रधानाध्यापक तथा विद्यालय कर्मचारीहरूलाई कक्षा १२ को परीक्षा, भर्ना अभियान र अन्य शैक्षिक गतिविधिहरूमा सहभागी नहुन स्पष्ट रूपमा आग्रह गरेको छ। महासंघको नेतृत्वमा माघ २० गतेदेखि शुरु भएको आन्दोलन चैत २० गतेदेखि काठमाडौं केन्द्रित छ ।

महासंघले विशेष रूपमा वैशाख ११ गतेदेखि सुरु हुन गइरहेको कक्षा १२ को परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, परीक्षा निरीक्षक लगायतका जिम्मेवारीहरूमा सहभागी नहुन अनुरोध गरेको हो। विज्ञप्तिमा भनिएको छ 'यो आन्दोलन शिक्षा ऐनलाई शीघ्रता साथ जारी गराई विद्यालय शिक्षामा आवश्यक सुधार र गुणस्तर वृद्धिको मागलाई सम्बोधन गराउने उद्देश्यले गरिएको हो'।

Global Ime Bank

शिक्षक महासंघले सरकारलाई विद्यालय तहमा देखिएका समस्याहरू प्रति गम्भीर हुन र शिक्षकमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य गर्न आग्रह गर्दै आएको छ। आन्दोलनको समयावधिभरमा कुनै पनि किसिमको परीक्षाको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, नयाँ विद्यार्थीहरूको भर्ना प्रक्रिया तथा विद्यालयको प्रवेश परीक्षाजस्ता कार्यहरूमा भाग नलिन सबै शिक्षकहरूलाई पुनः एक पटक ध्यानाकर्षण गराइएको छ।

महासंघले निजी विद्यालय संगठनहरू, विशेष गरेर प्याब्सन  र एनप्याब्सन  लाई पनि आफूहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रिय साथ दिन आह्वान गरेको छ। शिक्षा क्षेत्रको सुधार सबैको साझा सरोकार भएको भन्दै यी संघसंस्थालाई पनि समावेश गरेर अझ सशक्त दबाब सिर्जना गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ।

उक्त विज्ञप्तिमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेका छन्। उनीहरूले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। तर, जबसम्म सरकार शिक्षकको मागप्रति संवेदनशील भएर आवश्यक कदम चाल्दैन, तबसम्म आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने चेतावनी पनि दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।