नेभिगेशन
मुख्य समाचार

एमालेले सात जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ । 

 ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Global Ime Bank

    उनका अनुसार सम्मान गरिने व्यक्तित्वहरूमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

    त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक “सेल्टर” सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेता जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने त्यो वेला भूमिगत समयमा नेताहरुले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरुलाई सुरक्षा दिए भन्ने सन्र्दभमा समेटिने जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 
हानिकारक फोहोर व्यवस्थापनमा एभरेष्ट अस्पतालको लापरवाही, महानगरले गरायो ५० हजार जरिवाना  

हानिकारक फोहोर व्यवस्थापनमा एभरेष्ट अस्पतालको लापरवाही, महानगरले गरायो ५० हजार जरिवाना  

 यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।