नेभिगेशन
मुख्य समाचार

जाजरकोट भूकम्पस् ३४ हजार निजी आवासको क्षति आँकलन

काठमाडौँ । यही चैत मसान्तसम्ममा जाजरकोट भूकम्पबाट प्रभावित निजी आवासको क्षति आँकलन गरिएको छ । राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आँकलन गरिएको विवरण आफ्नो प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ । 

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले अझै क्षति आँकलनको काम भने जारी रहेको बताउनुभयो । अब नयाँ वर्षसँगै जाजरकोट भूकम्पबाट क्षतिग्रस्त थप निजी आवासको  क्षति आँकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको उनले जानकारी दिए । 
यसका लागि हालै मात्र प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा राजन सुवालले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Global Ime Bank

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आँकलनका लागि ८५ जना प्राविधिक बाँकी स्थानीय तहहरूमा खटाउने छ । 

यसअघि, विस्तृत क्षति आँकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पसबीच सम्झौता भई विस्तृत क्षति आँकलन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो । 
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ  बढी प्रतिबद्धता  र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।