नेभिगेशन
मुख्य समाचार

सुनसरीमा तस्करले गोली चलाए, दुई जना घाइते

इनरुवा । यहाँको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा आज साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

Global Ime Bank

    अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

    तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो । 
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ  बढी प्रतिबद्धता  र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।