नेभिगेशन
मुख्य समाचार

नयाँ वर्षको दिन पनि शिक्षकहरुको आन्दोलन जारी 

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले नयाँ वर्षको दिन पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

आफुहरुसंग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासंघले सोमबार बैंशाख १ गते पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

Global Ime Bank

महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ । आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्ताल समेत गरेका छन् ।

जसका कारण बैंशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र समेत प्रभावित हुने देखिएको छ । शिक्षकहरुको लगातारको आन्दोलनका कारण माइतिघर–बबरमहल क्षेत्रमा यातायात आवागमन समेत प्रभावित हुदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो । 
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्ने

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ  बढी प्रतिबद्धता  र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।