नेभिगेशन
मुख्य समाचार

वीरगञ्ज महानगर क्षेत्रको ‘कफ्र्यू’ हटाइयो

वीरगञ्ज ।   जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कफ्र्यूहटाएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कफ्र्यू हटाइएको जानकारी दिए ।
  
‘‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कफ्र्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कफ्र्यू आदेश हटाउने निर्णय भएको छ’’, प्रजिअ अर्यालले भने, ‘‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।’’ 

Global Ime Bank

प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारे । वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कफ्र्यू आदेश जारी गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

जिल्ला प्रहरी परिसरका काठमाडौका अनुसार स्याउ र सुन्तला चोरेर भागेकाहरूलाई हाजिर जमानीमा छुटेका छन् ।
वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)

वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)

विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक नागरिकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश

छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश

न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।
भर्खरै