नेभिगेशन
मुख्य समाचार

लहानमा सलहेश फूलबारी मेलाको रौनक

सिरहा ।  नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न लहान नगरपालिकास्थित सलहेश फूलबारीमा मेलाको रौनक छाएको छ । यो फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ । 

वैशाख १ गते लाग्ने मेलाको  पूर्वसन्ध्यामा आज अपराह्नदेखि नै फूलबारीमा श्रद्धालुहरुको चहलपहल बढेको छ ।  मेला समितिका अध्यक्ष जयकान्त  चौधरीका अनुसार भोलि वैशाख १ गते लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । 

Global Ime Bank

उनले भने, “मेलालाई व्यवस्थित बनाउन स्वयम्सेवक खटाउने, व्यापारिक ‘स्टल’हरु बनाउने सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध गरिएको छ । मेलालाई व्यवस्थित गर्न सय जना स्वयम्सेवक खटाइएको छ भने भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ ।  ”

मेला भर्न नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु आउने गरेका छन् । दुई दिनअघिदेखि भारतका विभिन्न राज्यबाट आउने हजारौँ श्रद्धालु मेलास्थलमा नै बसेका छन् । 

प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किम्वदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गरेका छन् । 

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश  हुने जनविश्वास छ ।  

 सरकारले सहलेसलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घ संस्थाले फूलबारी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्नेमा सिरहा उद्योग वाणिज्य सङ्घ अध्यक्ष विकास सारडाले जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिन्दुर जात्राको रौनकः सिन्दुरले रङ्गियो मध्यपुरथिमी (तस्विरहरु)

सिन्दुर जात्राको रौनकः सिन्दुरले रङ्गियो मध्यपुरथिमी (तस्विरहरु)

भक्तपुरको मध्यपुरथिमीमा मंगलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो...
सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा

सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा

थापाले भने ‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियौ ।’
शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

शिक्षक महासंघले सरकारलाई विद्यालय तहमा देखिएका समस्याहरू प्रति गम्भीर हुन र शिक्षकमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य गर्न आग्रह गर्दै आएको छ।
बचत गरेको रकम निकाल्न नपाउँदा...

बचत गरेको रकम निकाल्न नपाउँदा...

सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको...