नेभिगेशन
समाज

विश्वभर छरिएका नेपालीहरु एकताको सूत्रमा बाँधिन अब ढिला गर्नुहुँदैनः पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वभर छरिएर रहेका नेपालीहरु एकताको शुत्रमा बाँधिन अब ढिला गर्न नहुने बताएका छन् । आइतबार नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रवाह गर्दै पूर्वराजा शाहले विगतदेखि नै नेपाली जनताको जनचाहनाअनुरुप भइरहेको र वर्तमानमा समेत बदलिंदो जनचाहनाको कदर गर्नुपर्ने बताएका छन् । 

‘विश्वभरि छरिरहेका नेपालीहरु एकताको सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन। आफ्ना ज्ञान, शीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ ।’, पूर्वराजा शाहले भनेका छन् । 
त्यस्तै उनले नेपाली युवाहरुलाई नेपाल श्रृंगार्न र विकासको विगुल फुक्न कसेर लाग्न र लगाउन  ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।
 

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिन्दुर जात्राको रौनकः सिन्दुरले रङ्गियो मध्यपुरथिमी (तस्विरहरु)

सिन्दुर जात्राको रौनकः सिन्दुरले रङ्गियो मध्यपुरथिमी (तस्विरहरु)

भक्तपुरको मध्यपुरथिमीमा मंगलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो...
सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा

सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा

थापाले भने ‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियौ ।’
शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

शिक्षक महासंघले सरकारलाई विद्यालय तहमा देखिएका समस्याहरू प्रति गम्भीर हुन र शिक्षकमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य गर्न आग्रह गर्दै आएको छ।
बचत गरेको रकम निकाल्न नपाउँदा...

बचत गरेको रकम निकाल्न नपाउँदा...

सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको...