नेभिगेशन
समाज

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

काठमाडौँ । हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको होे । 
    
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । 

कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुर्ई/दुई विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि समान एक/एक विकेट लिए । 

Global Ime Bank

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्धतले सर्वाधिक ६३ रन बनाए । यस्तै, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए । अन्य कुनै खेलाडीले दोेहोरो अंकको रन जोेड्न सकेनन् । 

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिँदा करण के।सी र कुशल भुर्तेलले एक/एक विकेट हात पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा

सरकार ट्याक्टरको स्पिडमा चल्यो, हामी रामराम भन्ने अवस्थामा छौँ : गगन थापा

थापाले भने ‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियौ ।’
शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

शिक्षक आन्दोलन चर्किंदै, कक्षा १२ को परीक्षा र भर्ना प्रक्रिया बहिष्कारको आह्वान

शिक्षक महासंघले सरकारलाई विद्यालय तहमा देखिएका समस्याहरू प्रति गम्भीर हुन र शिक्षकमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य गर्न आग्रह गर्दै आएको छ।
बचत गरेको रकम निकाल्न नपाउँदा...

बचत गरेको रकम निकाल्न नपाउँदा...

सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको...
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उनले भने, “गाउँमा  भएको पुराना पुलको लठ्ठा...