नेभिगेशन
मुख्य समाचार

परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन् । 

आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने  बताएका हुन् । उनले अहिलेको नयाँ अनुभवका आधारमा आफुले ठूलो दल काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।

Global Ime Bank

उनेल चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ बर्षले केहि न केहि निकास लिएर आउने उल्लेख गरे । 

उनले भने, ‘सरकारति हाम्रो चाहीँ त्यती ध्यान छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिरहेको छ । त्यसकारण कुनै पनि संभावना हुनसक्छ । तपाईँहरुले देखिराख्नुभएकै छ, चौतर्फी असनतुष्टी, आक्रोस, आवेग जनतामा बढेको छ । सिक्षकहरु आन्दोलनमा छन् । सबैको समस्या समाधान हुनुपर्छ भन्ने छ । तर सरकारको ध्यान त्यसप्रति संवेदनशिल देखिएको छैन । डाक्टरहरु आन्दोलनमा, नर्सहरु आन्दोलनमा, लघुवित्त पीडिट, सहकारी पीडित, सबै राजनीतिक दलहरु पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएकापनि अहित सडकमा आउन थाल्या छन् भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाजरकोट भूकम्पस् ३४ हजार निजी आवासको क्षति आँकलन

जाजरकोट भूकम्पस् ३४ हजार निजी आवासको क्षति आँकलन

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आँकलनका लागि ८५ जना प्राविधिक बाँकी स्थानीय तहहरूमा खटाउने छ । 
सुनसरीमा तस्करले गोली चलाए, दुई जना घाइते

सुनसरीमा तस्करले गोली चलाए, दुई जना घाइते

घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । 
कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा देउवा

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा देउवा

उनले भनिन् , “आफूले मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति ‘मिडिया’मा भाइरल त होला । तर, त्यसले...