नेभिगेशन
समाज

वीरगंजमा आइतबार राति १२ बजेसम्मको लागि लम्बियो कर्फ्यु

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको छपकैयामा लगाएको कर्फ्यु लम्बाएको छ । शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि लगाएको कर्फ्यु १२ घण्टा लम्बाएर राति १२ बजेसम्म पुर्याएको हो ।

शनिबार वीरगंजमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा झडप हुँदा अवस्था असामान्य बनेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो । प्रशासनले कर्फ्यु लगाउँदा समेत अवस्था सामान्य नभएको भन्दै प्रशासनले कर्फ्यु लम्बाएको हो । 

Global Ime Bank

वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु लगाइएको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै युवाहरु तोडफोडमा उत्रिएका थिए । अवस्था नियन्त्रण लिन खोज्दा प्रहरीसँगै झडप भएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । 

स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीका अनुसार, धार्मिक जुलुस निस्कँदै गर्दा केही व्यक्तिहरूले ढुङगामुढा गरेपछि स्थिति बिग्रिएको हो । त्यसपछि दुई पक्षबीच चर्काचर्की र झडप सुरु भएको थियो । झडपका क्रममा ढुंगामुढा भएको थियो भने केही व्यक्तिहरूले पसलहरूमा तोडफोड गरेका छन् ।

झडपका क्रममा छपकैया क्षेत्रमा रहेका केही सटर र घरहरूमा क्षति पुगेको छ भने केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ । 

birgunj-ma-karfyu-1744526301.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जाजरकोट भूकम्पस् ३४ हजार निजी आवासको क्षति आँकलन

जाजरकोट भूकम्पस् ३४ हजार निजी आवासको क्षति आँकलन

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आँकलनका लागि ८५ जना प्राविधिक बाँकी स्थानीय तहहरूमा खटाउने छ । 
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । 
कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा देउवा

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा देउवा

उनले भनिन् , “आफूले मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति ‘मिडिया’मा भाइरल त होला । तर, त्यसले...
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम...