नेभिगेशन
मुख्य समाचार

झडपमा घाइते भएकाको नारायणी अस्पतालमा उपचार हुँदै

वीरगन्ज । हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए । “मेरो त दाहिने हातमा चोट लागेको छ”, उनले भने, “मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन । अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ ।” वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते भएका छन् ।

Dish Home
Global Ime Bank

पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिए । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए । “शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ”, उनले भने, “कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नुभएको छ । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।”

प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिए । “अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ”, उनले भने । सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिए । “एक जना घाइतेको खुट्टा भाचिँएको छ । उहाँको उपचार जारी छ”, उनले भने, “अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।”

जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार बिहान १२ः०० बजेसम्मको अवधिमा कफ्र्यु आदेश जारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...