नेभिगेशन
मुख्य समाचार

वीरगंजमा कर्फ्यु आदेश जारी

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको छपकैयामा कर्फ्यु लगाएको छ । आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । 
वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर सोभित्र कर्फ्यु लगाइएको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै युवाहरु तोडफोडमा उत्रिएका थिए । पर्साको प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार अवस्था नियन्त्रण लिन खोज्दा प्रहरीसँगै झडप भएको छ भने प्रहरीले लाठीचार्ज र अश्रुग्याँस हानेको छ । 

Global Ime Bank

स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीका अनुसार, धार्मिक जुलुस निस्कँदै गर्दा केही व्यक्तिहरूले ढुङगामुढा गरेपछि स्थिति बिग्रिएको हो । त्यसपछि दुई पक्षबीच चर्काचर्की र झडप सुरु भएको थियो । झडपका क्रममा ढुंगामुढा भएको थियो भने केही व्यक्तिहरूले पसलहरूमा तोडफोड गरेका छन् ।

झडपका क्रममा छपकैया क्षेत्रमा रहेका केही सटर र घरहरूमा क्षति पुगेको छ भने केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार, केही व्यक्तिहरूले जुलुस लक्षित गरी योजना बनाएर उक्साएर घटना भएको हो । घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा नपर्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ । प्रहरीले हाल स्थिति नियन्त्रणमा रहेको जनाएको छ । 

झडपका क्रममा सामान्य घाइते भएका केही व्यक्तिहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । भने घटनापछि छपकैया आसपासका क्षेत्रमा भिडभाड नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिबाट संसद अधिवेशन आव्हान

राष्ट्रपतिबाट संसद अधिवेशन आव्हान

मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार नै वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन आव्हान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 
‘म अलिकती कांग्रेस हो, अलिकती कम्युनिष्ट हो’ – बाबुराम भट्टराई

‘म अलिकती कांग्रेस हो, अलिकती कम्युनिष्ट हो’ – बाबुराम भट्टराई

उनले भने, ‘कांग्रेसले निजी स्वतन्त्रताका मात्रै कुरा गर्ने, कम्युनिष्टहरुले समानताका मात्रै कुरा गर्दा त्यो अपुरो थ्यो भन्ने मेरो बुझाई हो । त्यसै भएको हुनाले म अलिकती कांग्रेस हो,...
न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । ‘नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो’, आमाले दुखेसो पोखिन्...