नेभिगेशन
मुख्य समाचार

पाकिस्तानबाट पाँच हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता

स्वदेश फिर्ता अभियानको क्रममा कानुन बमोजिम बसोबास गर्दै आएका अफगानीहरुलाई पनि स्वदेश फिर्ता पठाइएको जनाइएको छ

पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश फिर्ता गरिएको जियो न्यूजले अध्यागमन अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

अधिकारीहरूका अनुसार स्वदेश फर्केका मध्ये ३,८६५ जना अफगान नागरिक स्वेच्छाले “लान्दी कोटाल ट्रान्जिट क्याम्प” पुगेका थिए भने  पन्जाबमा पक्राउ परेका १०७ जना अफगान नागरिकलाई निर्वासनका लागि तोरखाम लगिएको थियो । उनीहरुले अन्य २९५ जना अफगान नागरिकलाई जम्मू–कश्मीरबाट निर्वासित गरिएको जनाएका छन् ।

Global Ime Bank

 स्वदेश फिर्ता अभियानको क्रममा कानुन बमोजिम बसोबास गर्दै आएका अफगानीहरुलाई पनि स्वदेश फिर्ता पठाइएको जनाइएको छ ।  पाकिस्तानी राज्यमन्त्री तलाल चौधरीले अफगान नागरिकलाई सम्मानजनक रूपमा फिर्ता गरिएको बताए ।  पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अफगान नागरिकको सुविधाका लागि पाकिस्तानका सबै प्रान्तमा “ट्रान्जिट प्वाइन्टहरू” तथा “हेल्पलाइन” हरु स्थापना गरिएको बताए ।  अवैध नागरिकको फिर्ता प्रक्रिया मार्च सम्मको लागि तोकिएको र साहि समयमै अभियान पुर्ण गर्ने बताए ।

उनका अनुसार हाल सम्म  आठ लाख ५७ हजार १५७ अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ । पाकिस्तानी सरकारले उनीहरूलाई मार्च ३१ सम्म देश छोड्न समय दिएको बताउदै थप समय उपलब्ध नगरिने उल्लेख गर्नु भयो । उहाँले स्वदेश फर्केका अफगान नागरिकले वैध पासपोर्ट र भिसा भएको अवस्थामा पाकिस्तान भ्रमण गर्न, काम गर्न र बस्ने सम्वाभना भने कायम रहेको बताए । 
उनले सन् २०२३ अक्टोबर देखि अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता गर्ने नीति लागु भएको स्मरण फिर्ती अभियान चरणबद्ध रूपमा सम्पन्न गरिने बताए ।
 
पहिलो चरणमा पाकिस्तानले कानुनी कागजातहरू बिना अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाएको थियो । दोस्रो चरणमा, आवाश्यक कागजात भएकाहरुलाईसमेत पठायो । त्यसै गरी तेस्रो चरणमा आवाश्यक कानुनी प्रक्रीया पुरा गरेका नागरिकलाईसमेत स्वदेश फिर्ता पठाइने जियो न्यूजले जनाएको छ ।

 दशकौँसम्म लाखौँ अफगान नागरिकलाई आतिथ्यतासहितको बसोबास अनुमति दिए पछि हाल पाकिस्तानले यो निर्णय गरेको उनले बताए । मन्त्री चौधरीले अफगान नागरिकहरू पाकिस्तानमा लागुऔषधको व्यापार र आतङ्कवादी गतिविधिलगायतमा संलग्न रहेककाले अभियान तिव्र पार्नु परेको स्पष्ट पारे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता नभएका फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाल बन्द हुँदै छन् ? सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट...
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 
भर्खरै