नेभिगेशन
समाज

रौतहटमा अत्याधिक ट्राफिक नियम उल्लंघन, ९ महिनामै करोडबढी राजश्व संकलन 

रौतहट। ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा कडाइ गर्दै चेकजाँच तीव्र बनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ९  महिनाको अवधिमा १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चलाएको सवारी चेकजाँच, प्रशिक्षण तथा कारबाही अभियान अन्तर्गत गत श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा ११ हजार १ सय २५ जना सवारी चालकहरूलाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्र अधिकारी अधिकारीका अनुसार नियम उल्लंघन गर्नेमा मदिरा सेवन गरेर सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिट बेल्ट नलगाउने, गाडीको कागजात नहुने, चालक अनुमतिपत्र (लाइसेन्स) नबोक्ने, रुट परमिट नलिने, गाडीको बत्ती बिग्रिएको लगायतका कारणहरु प्रमुख छन् ।

Global Ime Bank

यस अवधिमा बस, ट्रक, जीप, कार, भ्यान, मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनलाई कारबाही गरिएको छ । राजस्व संकलन मात्र नभई ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पनि जोड दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३६ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, बजार, सार्वजनिक स्थलहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्राफिक नियमको पालना गर्नुपर्ने सन्देश दिँदै ट्राफिक प्रहरी टोलीले नियमित रुपमा पर्चा वितरण, स्पिकरमार्फत सन्देश प्रवाह, सडक सुरक्षाबारे सेमिनार तथा छलफल कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । ‘नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो’, आमाले दुखेसो पोखिन्...
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो ।