नेभिगेशन
मुख्य समाचार

एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन्ः ओली

रुपन्देही । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन्। पार्टीको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले एमालेलाई विभाजनको कोसिस गर्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरू असफल भएको टिप्पणी गरे । 

अध्यक्ष ओलीले भने, “एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छौं । मान्छेको घरमा आगो लगाएर, पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।”

Dish Home
Global Ime Bank

उनले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको र यसलाई बलियो बनाउन सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए । प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैलाउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुशासनको यात्रामा योगदान दिन सबैमा आग्रह गरे । अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका पछि लाग्नु बेकार भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासका चाहना पूरा गर्न वर्तमान सरकार कटिबद्ध बताए । 

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकौँ विकास, प्रविधिका योजना र कार्यक्रम ल्याइएको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको...
सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २...
गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

सर्वोच्च अदालत प्रसासनका अनुसार भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा शुक्रबार पूरक निवेदन परेको हो । यस अघिनै सर्वोच्चमा परेको रिटमा समावेश हुनेगरी पूरक निवेदन दर्ता भएको जनाइएको छ...
भर्खरै