नेभिगेशन
समाज

झापा ल्याइसकेपछि प्रहरीले स्विकार्यो दुर्गा प्रसाईँको पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुर्गा प्रसाईँ ‘औपचारिक’ रुपमा प्रकाउ परेको बताएको छ । नेपाल प्रहरी प्रमुखको सचिवालयले प्रसाईँ र उनका अंगरक्षकलाई पक्राउ गरेको बताएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयलको पत्रमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईँ र उनका अगंरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको बताएका छन् । त्यस्तै उनले प्रहरीले दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको समेत बताएका छन् ।

Dish Home
Global Ime Bank

नेपाल प्रहरीले शुक्रबार मध्यान्ह मात्रै प्रसाईँको पक्राउबारे पुष्टि गरेपनि उनी बिहिबारदेखि नै प्रहरीको नियन्त्रणमा थिए । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरो र भारतको आसाम प्रहरीले बिहिबार आसामबाटै पक्राउ गरेका थिए ।

प्रसाईँ प्रकाउबारे सञ्चारमाध्यममा समाचार आएपछि प्रहरी केन्द्रीय प्रवक्ता आयार्चले बिहिबार राति प्रसाईँ पक्राउ नगरिएको भन्दै विज्ञप्ती सार्वजनिक गरेका थिए । उनी भारतकै भुमिमा रहेका कारण भारतसँग सपुर्दगी सन्धी नभएका कारणले प्रहरीले उनको पक्राउ पुष्टि गरेको थिए । प्रसाईँलाई झापाको काँकडभिट्टा हुँदै नेपाल ल्याइएको हो । उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौँ ल्याइँदै छ ।

प्रसाई चैत १५ गतेको तीनुकने घटनापछि फरार थिए । यसबिचमा उनले दुई वटा भिडियो सार्वजनिक गर्दै आफू नेपालमा रहेको दाबी गरेपनि उनले भिडियो अपलोड गरेको आइपी टर्याक गर्दा भारतको आसाम देखिएपछि नेपाल प्रहरीको विशेष टोली भारत पुगेको थियो ।

भारतीय सुरक्षा अधिकारीहरुसँगको समन्वयमा उनी बसेको ठाउँ एकिन भएको प्रहरी स्रोत बताउँछ । पहिलो भिडियो रेकर्ड गरेकै घरमा भेटिएका प्रसाईलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालको सीमासम्म ल्याइएको जनाइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

सर्वोच्च अदालत प्रसासनका अनुसार भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा शुक्रबार पूरक निवेदन परेको हो । यस अघिनै सर्वोच्चमा परेको रिटमा समावेश हुनेगरी पूरक निवेदन दर्ता भएको जनाइएको छ...
सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् । 
एसियाली मापदण्डअनुरुप बनेको नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडकको उद्घाटन

एसियाली मापदण्डअनुरुप बनेको नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडकको उद्घाटन

चितवनको नारायणगढदेखि गोन्द्राङसम्मको एसियाली मापदण्डअनुरुप बनेको ६ किलोमिटरको सडकको उद्घाटन गरिएको छ।
भर्खरै