नेभिगेशन
समाज

उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च गए रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूविरुद्धको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्च गएका छन् । लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले बताए ।

Global Ime Bank

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो । सो आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशबिरुद्ध निवेदन दिएको थियो । 

उक्त निवेदनप्रति सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका प्रमुख सन्तोश बस्नेतका अनुसार शनिबार राति ९ः१० बजेको समयमा नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर...
शिक्षक आन्दोलनको १२ औँ दिन (तस्विरहरु)

शिक्षक आन्दोलनको १२ औँ दिन (तस्विरहरु)

आफुहरुसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरुले माइतिघर–बबरमहल क्षेत्रमा आजपनि प्रदर्शन गरेका हुन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले चैत २५ गतेदेखि शैक्षिक...
परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

‘सरकारति हाम्रो चाहीँ त्यती ध्यान छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिरहेको छ । त्यसकारण कुनै पनि...
टी२० आई शृङ्खलाः नेपालले पायो एक सय ७५ रनको लक्ष्य

टी२० आई शृङ्खलाः नेपालले पायो एक सय ७५ रनको लक्ष्य

हङकङमा जारी चारदेशीय टी–२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कुवेतले नेपाल सामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा...