नेभिगेशन
समाज

दुर्गा प्रसाईँलाई भारतबाट झापा ल्याइयो, विमानबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ । भारतमा प्रकाउ परेका दुर्गा प्रसाईँलाई नेपाल ल्याइएको छ । भारतको आसाममा पक्राउ परेका प्रसाईँलाई नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको हो ।

उनलाई भारतबाट स्थलमार्ग हुँदै झापाको काँकडभिट्टा नाका हुँदै भद्रपुर विमानस्थलतर्फ अघि बढाइएको हो । उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौँ ल्याइने प्रहरीले जनाएको छ ।

Global Ime Bank

प्रसाई चैत १५ गतेको तीनुकने घटनापछि फरार थिए । यसबिचमा उनले दुई वटा भिडियो सार्वजनिक गर्दै आफू नेपालमा रहेको दाबी गरेपनि उनले भिडियो अपलोड गरेको आइपी टर्याक गर्दा भारतको आसाम देखिएपछि नेपाल प्रहरीको विषेश टोली भारत पुगेको थियो ।

भारतीय सुरक्षा अधिकारीहरुसँगको समन्वयमा उनी बसेको ठाउँ एकिन भएको प्रहरी स्रोत बताउँछ । पहिलो भिडियो रेकर्ड गरेकै घरमा भेटिएका प्रसाईलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालको सीमासम्म ल्याइएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । ‘नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो’, आमाले दुखेसो पोखिन्...
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो ।