नेभिगेशन
मुख्य समाचार

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष प्रस्तुत गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले  आज अर्थमन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै अध्यक्ष खनालले समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत देशको समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण आर्थिक अवसर सिर्जना गर्न नसकिएको बताए ।
“समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको देखिन्छ । निजी क्षेत्रका सङ्घ– संस्थाहरू, सबै भौगोलिक क्षेत्रका व्यवसायीहरू, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि र विज्ञहरूसँगको छलफलमा पनि उपभोगको वृद्धि दर घट्नु र लगानीमा ह्रास आउनु अर्थतन्त्रको वर्तमान चरित्र हो भन्ने विषय मुख्य रूपमा उठाइएको थियो”, अध्यक्ष खनालले भने, “कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने कतिपय भुक्तानी समयमा नगर्नू र व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र संकटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ ।” 

Dish Home
Global Ime Bank

समग्र माग पक्ष कमजोर भए पनि अर्थतन्त्रका तत्कालका समस्या समाधान गर्न आयोगले सुझाएको बताए । तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप आवश्यक भएको, लक्ष्यित आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट पनि संरचनात्मक सुधार गरेर लगानीयोग्य वातावरण बनाउन र उत्पादनको लागत घटाएर प्रतिस्पर्धी बनाउन आवश्यक भएको बताए ।

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि प्रस्तुत प्रतिवेदन उपयोगी हुने विश्वास व्यक्त गरे ।  साथै उनले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“हामी आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा छौँं । प्रतिवेदनले अर्थतन्त्रका समस्या पहिल्याउन र त्यसलाई समाधान गर्ने सुझाव दिएको छ । गम्भीरपूर्वक अध्ययन गर्ने र प्राप्त सुझावलाई चरणबद्ध कार्यान्वयनमा लैजान्छौँ”, अर्थमन्त्री पौडेलले भने ।

मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारीस्तरमा गर्नुपर्ने कामबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न सरकारले गत असोजमा पूर्वअर्थसचिव खनालको अध्यक्षमा आयोग गठन गरेको थियो । आयोगका सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रामप्रसाद ज्ञवाली, अर्थविद् विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनाल रहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

सर्वोच्च अदालत प्रसासनका अनुसार भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा शुक्रबार पूरक निवेदन परेको हो । यस अघिनै सर्वोच्चमा परेको रिटमा समावेश हुनेगरी पूरक निवेदन दर्ता भएको जनाइएको छ...
माग सम्बोधन नगरी संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने कर्मचारीहरुको चेतावनी

माग सम्बोधन नगरी संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने कर्मचारीहरुको चेतावनी

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई संयुक्त ज्ञापन पत्र बुझाउँदै कर्मचारी संगठनले आफुहरुले दिएका सुझाव समेतका आधारमा संघीय निजामती सेवा ऐनलाई अघि बढाउनुपर्ने...
शिक्षकहरुको प्रदर्शनले नयाँबानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त (तस्विरहरु)

शिक्षकहरुको प्रदर्शनले नयाँबानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त (तस्विरहरु)

मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ।  अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने...
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
भर्खरै