नेभिगेशन
मुख्य समाचार

भारतबाट गाडीमा झापा ल्याइने दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने

काठमाडौँ । भारतको आसामबाट पक्राउ परेको दुर्गा प्रसाईले आजै काठमाडौ ल्याइने भएको छ । अहिले भारतबाट स्थलमार्ग हुँदै झापाको गलगलीया नाकाका हुँदै भद्रपुर विमानस्थलमा ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ । 


बिहिबार भारतको आसाममा पक्राउ परेका प्रसाईको सचिवालयले भने उनले गिरफ्तारी दिएको दाबी गर्दै आएको छ ।

Global Ime Bank


प्रसाई चैत १५ गतेको तीनुकने घटनापछि फरार थिए । यसबिचमा उनले दुई वटा भिडियो सार्वजनिक गर्दै आफू नेपालमा रहेको दाबी गरेपनि उनले भिडियो अपलोड गरेको आइपी टर्याक गर्दा भारतको आसाम देखिएपछि नेपाल प्रहरीको विषेश टोली भारत पुगेको थियो । 


भारयि सुरक्षा अधिकारीहरुसँगको समन्वयमा उनी बसेको ठाउँ एकिन भएको प्रहरी स्रोत बताउँछ । पहिलो भिडियो रेर्कड गरेकै घरमा भेटिएका प्रसाईलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालको सीमासम्म ल्याइएको जनाइएको छ । 
प्रसाईलाई आजै विमान मार्फत काठमाडौ ल्याइने जनाइएको छ । 


यस अघि मेची पुल भन्सारबाट ल्याउने तयारी गरेपनि उनका समर्थकहरु ठुलो संख्यामा जम्मा भएपछि प्रहरीले रुट परिवर्तन गरेको जनाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । ‘नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो’, आमाले दुखेसो पोखिन्...
सुनको मूल्यमा  नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ८७ हजार पुग्याे

यो अहिलेसम्मकै नयाँ रेकर्ड हो । अन्तर्रराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसका प्रभाव नेपालमा पनि देखिएको हो । सोमबार सूनको मूल्य प्रतितोला १ लाख ८६ हजारको थियो ।