नेभिगेशन
नेताका कुरा

दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण 

काठमाडौँ । दुर्गा प्रर्सांईले भारतमा आत्मसमर्पण गरेका छन् । उनले आफूले आत्मसमर्पण गरेकोबारे फेसबुकबाट जानकारी गराएका छन् । 

दुर्गा प्रसाईं फरार भएपछि आफ्ना भिडियोहरु सार्वजनिक गर्दै आएको फेसबुक अकाउण्टबाट प्रसाईँले आफूले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अहिले २ घण्टा अगाडी हाम्रा अभियान का सयोजक दुर्गा प्रसाईंले ज्यु ले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौँ, भनेका थियौँ र आज उपस्थित भयौँ ! जय देश जय रास्ट्रवाद !!'

Global Ime Bank

यता प्रहरीले त्यसबारे पुष्टि गरेको छैन । नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पक्राउको कुनै जानकारी नआएको बताए । 

त्यस्तै आसाम प्रहरीले नेपालको कुनै पनि व्यक्ति पक्राउको जानकारी नआएको जनाएको छ । आसाम प्रहरीका प्रवक्ताले सिधाकुरासँग दुर्गा प्रसाईंको खबर आफूहरुको जानकारी नआएको बताइन् । 

चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनपछि फरार भएका प्रसाईँले प्रहरीलाई चक्मा दिदै आएका थिए । उनले बुधबार एउटा भिडियाे सार्वजनिक गर्दै कानुन व्यवसायी र मानव अधिकारकर्मीलाई साथमा राखे आफूले ३६ घण्टाभित्र गिरफ्तारी दिने बताएका थिए । त्यसअघि पनि उनले आफू काठमाडौँमै रहेको भन्दै एक मन्दिर अगाडि बसेर भिडियो सार्वजनिक गरेका थिए । 

नेपाल प्रहरीले तीनकुनेको हिंसात्मक प्रदर्शनको मुख्य जिम्मेवार प्रसाईं नै भएको ठहर गरेको छ । उनले आफैँले चलाएको गाडी प्रहरीमाथि चढाउन खोजेर भिडलाई उक्साएको आरोप छ । सोही दिनदेखि बेपत्ता भएका प्रसाईंलाई प्रहरीले फेला पार्न सकेको थिएन । 

उक्त दिन तीनकुनेमा प्रदर्शनमा १ जना पत्रकारसहित २ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दर्जनौ ठाउँमा तोडफोडदेखि आगजनी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा दायर गरेकाे निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।  न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश गरेको हो...
परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

‘सरकारति हाम्रो चाहीँ त्यती ध्यान छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिरहेको छ । त्यसकारण कुनै पनि...
देश अब कानुनअनुसार अगाडि बढ्छः प्रधानमन्त्री ओली

देश अब कानुनअनुसार अगाडि बढ्छः प्रधानमन्त्री ओली

“देश अब कानुनअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उत्साहित हुनु पर्दैन ।
'हामी नेपालमा राजाका पक्षमा छैनौँ भनेर आदित्यनाथले दूतावासमा भनेका होइनरहेछन्,म झुक्किए छु': देउवा

'हामी नेपालमा राजाका पक्षमा छैनौँ भनेर आदित्यनाथले दूतावासमा भनेका होइनरहेछन्,म झुक्किए छु': देउवा

‘अस्ति मैले बोल्दा गलत सूचनाका आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु। त्यसमा भन्न चाहन्छु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा...