नेभिगेशन
समाज

सत्ताधारी प्यानलबाट बार अध्यक्षमा निर्वाचित मिश्र भन्छन्, ‘स्वतन्त्र न्यायपालीकाको वास्तविक रुप स्थापीत गर्न पहल गर्छु’

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले प्यानलका प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।

माओवादीनिकट कानून व्यवसायी समूहका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेका छन् भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाएका छन् । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सवैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए । ‘सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने छौँ । निर्वाचिन मिति अघिसम्मका हाम्रा सबै वादविवाद, छलफल आजैदेखि समाप्त भयो ।’, मिश्रले भने । 

Dish Home
Global Ime Bank

स्वतन्त्र न्यायपालीकाको वास्तविक रुप स्थापीत गर्न र स्वच्छ न्यायपालीकाको स्थापनाका लागि पहल गर्ने उनले बताए । मिश्रले भने, ‘स्वतन्त्र न्यायपालिकाको वास्तविक अर्थमा स्थापना गर्नका लागि र स्वच्छ न्यायपालिकाको स्थापनका लागि हामी पहल गर्नेछौँ । त्यस्तै नेपाल बार एशोसिएसनको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्नका लागि पनि काम गर्नेछौँ ।’ 

मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि प्रयाप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे । उनले संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पर्याउने जिकिर गरे । 

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएका छन् । महासचिवमा यज्ञमणि न्यौपाने निर्वाचित भएका छन् भने कोषाध्यक्षमा जगत बहादुर कार्की बिजयी भएका छन् । नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षकहरुको प्रदर्शनले नयाँबानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त

शिक्षकहरुको प्रदर्शनले नयाँबानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त

मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ।  अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने...
संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

“संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन । गरिएमा कानुनअनुसार कारबाही हुन्छ”,...
चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

क्योटो सिटीले सन् २०२२ मा एक हजार येन ९सात अमेरिकी डलर० ठगी ९चोरी० गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका ती व्यक्तिलाई बर्खास्त गरेको थियो ।
डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

डोटीमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।