नेभिगेशन
मुख्य समाचार

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरेर छानबिन गर्न कर्मचारी संगठनको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि निलम्बन गरि छानबिन गर्नुपर्ने माग उठेको छ । पाण्डेमाथि कारबाही गर्न माग गर्दै विभिन्न ५ कर्मचारी संगठनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् । 

उनीहरुले बुझाएको ज्ञापन पत्रमा चैत २१ गते महानगरमा प्रमुख प्रशासकीय अधिकृतलाई भित्राउँदा नगर प्रहरीले देखाएको बल र राजु पाण्डेले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताइएको छ । उनीहरुले बmुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘कार्यालयका प्रशासनिक प्रमुखका रुपमा नेपाल सरकारले खटाएको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्दा काठमाडौँ महानगर प्रहरी बलका प्रमुख र उनको कमाण्डमा खटिएको प्रहरीवाट भएका वाधा अंवरोध एवं उनीहरुबाट प्रमुख प्रशासकीय अधिकृत, त्यहां उपस्थित जनप्रतिनिधि एवं कर्मेचारीहरुमाथी गरिएको  धरपकट र निज प्रहरी प्रमुखले सो समयमा व्यक्त गरेका कतिपय आपत्तिजनक भनाईहरु भर्त्सनीय एवं दण्डनीय रहेको हाम्रो ठम्याई छ ।’

Dish Home
Global Ime Bank

त्यस्तै उनीमाथि कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैरकानुनी, अमर्यादित एव अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गर्न माग गरिएको छ । त्यस्तै प्रहरी प्रमुख पाण्डे आचरण विपरितको कार्यमा उत्रिएको भन्दै उनीमाथि महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानविन गर्न माग गरिएको छ । 

त्यस्तै महानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएर सबै कामकाज ठप्प भएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतलाई भित्राउँदा रोकठोक गर्ने कार्य कानुन विपरित रहेको उनीहरुको ठहर छ । 

त्यस्तै महानगरको विकराल अवस्था हुँदासमेत महानगरको नेतृत्वले समस्या समाधान गर्न भुमिका खेल्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउँदा महानगर प्रमुखका स्वकिय सचिव भुपदेव शाहले सचिवालयका नाममा पदीय मर्यादा विपरित सामाजिक संजाल र सञ्चार माध्यममा कपोकल्पित समाचार प्रवाह गर्ने गरेको कर्मचारी संगठनको माग छ । 

‘सचिवालयका नाममा पदीय मर्यादा विपरित सामाजिक संजाल एवं विभिन्न सञ्चार माध्यममा कपोलकल्पित समाचार प्रवाह गर्ने, भ्रष्टाचार जस्तो गम्भीर आरोपलाई विना प्रमाण र तथ्य बद्नियतपूर्ण ढङ्गले उछाल्ने, २१ गतेको घटनामा सकारात्मक भूमिका निर्वाह गरी कार्यालयमा घट्न सक्ने भयावह दूर्घटनाबाट जोगाउन प्रयास गर्नु भएका आदरणीय उप्रमुखज्यु, वडाध्यक्ष तथा कार्यपालिका सदस्यज्युरु, वडा सदस्य एवं कर्मचारीहरु सवैले भ्रष्टाचारको आरोप खेप्न पर्ने भनी धम्की दिने कार्यको हामी घोर निन्दा गर्दै यस किसिमको निन्दनीय कार्य बन्द गर्न चेतावनी दिन चाहन्छौँ।’, पत्रमा भनिएको छ । 

त्यस्तै भुपदेव शाहले समेत कर्मचारीको आचरण उल्लङ्घन गरेको भन्दै उनलाई कानून बमोजिम कारवाही गर्न उनीहरुले माग गरेका छन् । 

karmachari-sangathan-1-(1)-1744273381.jpg

karmachari-sangathan-1-(3)-1744273380.jpg

karmachari-sangathan-1-(2)-1744273380.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
आगलागीमा  ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त